News Summary
Generated by OK AI. Editorially reviewed.- कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर फिर्ता गर्न अनुमति दिएको छ।
- महान्यायाधिवक्ता सबिता गौतम भण्डारीले रविविरुद्धका ती मुद्दा फिर्ता लिन स्वीकृत दिएकी थिइन्।
- जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगी सम्बन्धी कसुर यथावत राख्ने निवेदन दिएको थियो।
८ जेठ, काठमाडौं । कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेविरुद्ध रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरसम्बन्धी अभियोग फिर्ता गर्न अनुमति दिएको छ ।
यसअघि तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारी बरालले रविविरुद्धका सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरसम्बन्धी मुद्दा फिर्ता लिन स्वीकृत दिएकी थिइन् ।
सोही परिपत्र अनुसार, जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले रविको दुई वटा कसुर झिक्ने र सहकारी ठगी सम्बन्धी कसुरलाई यथावत राख्ने भन्दै निवेदन दिएको थियो ।
निवेदनमाथि शुक्रबार न्यायाधीश हिमलाल बेलबासेको इजलासले फैसला गर्दै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर झिक्ने निर्णयलाई सदर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4