+
+
Shares

पर्यटक सुरक्षाका लागि प्रहरीलाई मोटरसाइकल

बिहीबार बोर्डमा एक कार्यक्रमका बीच बोर्डले पर्यटक प्रहरीलाई १४ थान मोटरसाइकल हस्तान्तरण गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ५ गते १३:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीलाई १४ वटा मोटरसाइकल हस्तान्तरण गरेको छ।
  • बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले मोटरसाइकलले दुर्गम र व्यस्त पर्यटकीय क्षेत्रमा छिटो सेवा प्रवाहमा मद्दत गर्ने बताए।
  • पर्यटक प्रहरीलाई विशेष सुरक्षा निकायका रूपमा परिचालन गर्दै सूचना, सहयोग र उद्धार कार्य गर्दै आएको छ।

५ चैत, काठमाडौं ।  पर्यटकहरूको सुरक्षा व्यवस्थापन क्षमतालाई सुदृढ बनाउन नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीलाई १४ वटा मोटरसाइकल हस्तान्तरण गरेको छ ।

बिहीबार बोर्डमा एक कार्यक्रमका बीच बोर्डले पर्यटक प्रहरीलाई १४ थान मोटरसाइकल हस्तान्तरण गरेको हो ।

बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले पर्यटक प्रहरीको पहुँच र प्रतिक्रिया क्षमतालाई थप प्रभावकारी बनाउने उद्देश्यले वार्षिक बजेटमार्फत मोटरसाइकल हस्तान्तरण गरिएको जानकारी दिए ।

मोटरसाइकलहरूमार्फत पर्यटक प्रहरीलाई दुर्गम र व्यस्त पर्यटकीय क्षेत्रहरूमा छिटो सेवा प्रवाह गर्न मद्दत पुर्‍याउने बोर्डको विश्वास रहेको पनि उनको भनाइ छ ।

उनले भने, ‘पर्यटन प्रहरीको मोबिलिटीका लागि र विभिन्न किसिमका गतिविधिहरू सञ्चालन गर्न तथा पर्यटनको सहयोगका लागि पर्यटक प्रहरीलाई सहज होस् भन्ने हेतुले हामीले यस वर्षको बजेटमार्फत मोटरसाइकल सहयोग गरेका हौँ । यसले पर्यटकको सुरक्षाका लागि सरोकारवाला निकाय कति प्रतिबद्ध छन् भन्ने कुरा पनि देखिएको छ । पर्यटक प्रहरी युनिट केन्द्रीय कार्यालयलाई १४ वटा मोटरसाइलक हस्तान्तरण गरिएको छ ।’

नेपालमा पर्यटक प्रहरीलाई विशेष सुरक्षा निकायका रूपमा परिचालन गर्दै पर्यटकहरूको सुरक्षादेखि लिएर सूचना, सहयोग तथा उद्धारसम्मका कार्यहरू गर्दै आएको छ ।

नयाँ सवारी साधन उपलब्धतासँगै पर्यटक प्रहरीको सेवा प्रवाह अझ तीव्र र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?