+
+
WC Series
Nepal
0/0
VS
UAE
0/0
Shares

एक महिनामा त्रिभुवन विमानस्थलबाट ७ लाख यात्रुले लिए सेवा

अन्तर्राष्ट्रिय उडानमा सबैभन्दा बढी यात्रु बोक्ने कम्पनी एयर अरेबिया र आन्तरिक उडानमा बुद्ध एयर रहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते १४:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मार्च २०२६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ लाख ११ हजार ३ सय ५७ यात्रुले सेवा लिएका छन्।
  • अन्तर्राष्ट्रिय उडानमा एयर अरेबियाले ५० हजार ५ सय २७ यात्रु बोकेको छ भने नेपाल एयरलाइन्सले ३८ हजार ५ सय ९५ यात्रु सेवा दिएको छ।
  • आन्तरिक उडानमा बुद्ध एयरले १ लाख ८२ हजार ५ सय ९ यात्रु बोकेको छ र कुल ७ हजार ९ सय ६२ उडान/अवतरण भएका छन्।

७ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिना अवधिमा ७ लाख ११ हजार ३ सय ५७ यात्रुले सेवा लिएका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार मार्च २०२६ मा अन्तर्राष्टियतर्फ कुल ३ लाख ७५ हजार ६ सय ७४ र आन्तरिकतर्फ ३ लाख ३५ हजार ६ सय ८३ यात्रुले सेवा लिएका छन् ।

अन्तर्राष्ट्रियतर्फ कुल २८ वायुसेवा कम्पनीले उडान/अवतरण गरेको कार्यालयको तथ्यांक छ ।

कार्यालयका अनुसार अन्तर्राष्ट्रियतर्फ नेपालबाट १ लाख ९२ हजार १ सय ५५ यात्रु विदेश प्रस्थान गरेका छन् । १ लाख ८३ हजार ५ सय १ यात्रु नेपाल भित्रिएको विमानस्थल कार्यालयको तथ्यांक छ ।

यस अवधिमा कुल २ हजार ५ सय ६९ उडान/अवतरण भएका छन् । जसमध्ये १ हजार २ सय ८६ उडान र १ हजार २ सय ८३ अवतरण रहेको तथ्यांक छ ।

यस महिना अन्तर्राष्ट्रिय उडानमा सबैभन्दा बढी यात्रु बोक्ने कम्पनी एयर अरेबिया रहेको छ । यस कम्पनीले कुल ५० हजार ५ सय २७ यात्रुलाई सेवा दिएको छ ।

त्यस्तै नेपाल एयरलाइन्सले ३८ हजार ५ सय ९५ यात्रुलाई सेवा दिएको छ । खाडी युद्धका कारण कतार एयरवेज सहित वायुसेवा कम्पनीको नेपाल उडान भने नराम्रोसँग प्रभावित बनेको छ । यस कम्पनीले मार्चमा १५ हजार ९ सय २८ यात्रुलाई मात्र सेवा दिएको छ ।

यसैगरी हिमालय एयरलाइन्सले एक महिनामा १७ हजार १ सय ६३ यात्रु बोकेको छ । इन्डिगो एयरले ३६ हजार ३ सय २६, थाई एयरवेजले २२ हजार १ सय ८४, टर्किस एयरलाइन्सले १५ हजार ७ सय ३५ र एयर इन्डियाले २९ हजार ९ सय ३४ यात्रु बोकेको तथ्यांक छ ।

आन्तरिकतर्फ कुल १ लाख ६४ हजार ९ सय २२ यात्रु प्रस्थान गरेका छन् । १ लाख ७० हजार ७ सय ६१ यात्रु अवतरण गरेका छन् । यस महिना कुल ७ हजार ९ सय ६२ उडान/अवतरण भएका छन् । यसमध्ये ३ हजार ९ सय ८३ प्रस्थान र ३ हजार ९ सय ७९ अवतरण भएको विमानस्थलको तथ्यांक छ ।

आन्तरिकतर्फ सबैभन्दा धेरै यात्रु बुद्ध एयरले बोकेको छ । बुद्धले १ लाख ८२ हजार ५ सय ९ यात्रु बोकेको छ । यती एयरलाइन्सले ७४ हजार ९ सय ४० र श्री एयरलाइन्सले ६४ हजार ५ सय ५४ यात्रु बोकेको विमानस्थलको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?