९ चैत, काठमाडौं । प्रहरीले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो ४३५ ग्राम गाँजासहित एक जना थाइल्यान्डका नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बैङ्ककबाट काठमाडौं आएका ३९ वर्षीय थाई नागरिक योङयुट थुइओन रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए ।
थाई एअरलाइन्सको उडान नम्बर टिजी ३०९ द्वारा बैङ्ककबाट काठमाडौं आएका थुइओनले आफ्नो सुटकेसभित्र गाँजा ल्याएको भेटिएको नेउपानेले बताए । जुन तौल गर्दा तीन किलो ४३५ ग्राम (प्लाष्टिक सहित) पाइएको छ ।
नियन्त्रणमा लिइएका थुइओनलाई थप आवश्यक कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4