५ फागुन, सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–२० विष्णुपादुकास्थित बरडाँडाबाट प्रहरीले दुई वटा सवारीसाधसहित ठूलो परिमाणको गाँजा बरामद गरेको छ ।
प्रहरीले मंगलबार बिहान बरडाँडाबाट बागमती प्रदेश–०१–०२७ च ११४३ नम्बरको पिकअप र बीएसी ३२३६ नम्बरको गाडीबाट ९ सय ५५ केजी गाँजा बरामद गरेको हो ।
दुवै गाडीका चालक चन्द्रागिरी नगरपालिका–८ बस्ने ३३ वर्षीय नगेन्द्र राज श्रेष्ठ र बाराको कोल्वी नगरपालिका–८ का २८ वर्षीय सन्दीप कुमार माझीलाई पनि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक भिषणबाबु राईले जानकारी दिए ।
उनका अनुसार बागमती प्रदेश–०१–०२७ च ११४३ नम्बरको पिकअपबाट ३३ पोका र अर्को बीएसी ३२३६ नम्बरको गाडीबाट २३ पोका गाँजा बरामद भएको हो ।
चाँदीबजारबाट विष्णुपादुकातर्फ आउँदै गरेको सवारीसाधनहरू संकास्पद लागेर जाँच गर्दा उक्त परिमाणको गाँजा बरामद भाएको उनले बताए ।
प्रहरीले सोमबार मात्र धरानबाट लागुपदार्थसहित पाँच जनालाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया 4