+
+
Shares

काठमाडौंमा ट्याक्सीबाट बरामद भयो ५५ किलो गाँजा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते १४:१२
Listen News
0:00
0:30
🔊

१ पुस, काठमाडौं । काठमाडौंको चमती र रानिवनबाट ५५ किलो गाँजा बरामद भएको छ । चमतीस्थित सडकबाट एक ट्याक्सीमा बोकेको अवस्थामा र घरबाट गरी ५५ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

गएराति ३ बजेतिर इनड्राइभ ट्याक्सीलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला परेको हो । भारतीय नागरिक ३८ वर्षीय सोन साइमन ग्रेसेसले इन्ड्राइभ गरी उक्त ट्याक्सीमा गाँजा बोकेर हिँडेको पाइएको एसपी भट्टराईले बताए ।

ट्याक्सीबाट २३ किलो र ग्रेसेसले रानिवनमा होमस्टे भाडामा लिएर बसेको ठाएँबाट ३२ किलो गरी ५५ किलो गाँजा बरामद भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?