+
+
Shares

जाडो मौसममा छालालाई जोगाउन मद्दत गर्ने यी ४ उत्पादनबारे जानौं

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते १५:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जाडो मौसममा छालाको ओसिलोपन घटेर सुख्खा, चिलाउने र रुखोपन बढ्ने समस्या देखिन्छ।

जाडो मौसम सुन्दर हुन्छ, तर यसले हाम्रो छालामा धेरै असर गर्छ। घट्दो तापक्रम र हावामा आद्रता कम हुँदा छालाको ओसिलोपन गुम्दै जान्छ । ‍यसले गर्दा छाला सुख्खा हुने, चिलाउने, फुस्रो देखिने र रुखोपन बढ्ने समस्या देखिन्छ ।

त्यसैले जाडोमा सही स्किनकेयर प्रोडक्ट छनोट गर्नु निकै आवश्यक हुन्छ । तर यसको अर्थ धेरै प्रोडक्ट प्रयोग गर्नुपर्छ भन्ने होइन, छालालाई पोषण दिने, उपचार गर्ने र सुरक्षित राख्ने केही आवश्यक प्रोडक्टसहितको साधारण रुटिन नै पर्याप्त हुन्छ।

शरीर तथा हातोडाको छाला र ओठलाई जाडो मौसम भरि स्वस्थ राख्न छाला रोग विशेषज्ञहरूले मन पराएका ४ वटा उत्पादनहरूको बारेमा चर्चा गरौँ:

१. हाडा लाबो एडभान्स न्युरिश सिरम

चिसो हावाले हाम्रो छालामा रहेको औसिलोपनलाई तान्ने काम गर्छ । यसो हुँदा छालाको सुरक्षात्मक तह कमजोर हुनजान्छ । यो सिरमले छालाका धेरै भित्री तहसम्म ओसिलोपन पूर्याउने काम गर्छ, जसले छालालाई ४८ घण्टासम्म पर्याप्त आर्द्रता प्रदान गर्न मद्दत गर्छ।

यसमा रहेको फर्मेन्टेड हाइलुरोनिक एसिडले आफ्नो तौलभन्दा १००० गुणा बढी पानी आकर्षित गर्न र कायम गर्ने क्षमता राख्छ भने हाइलुरोनिक एसिड पोलिमर्सले छालामा सुरक्षात्मक तह बनाएर आर्द्रता गुम्नबाट जोगाउँछ।यसले छालालाई मुलायम, चिल्लो र नरम बनाउनुका साथै छालाको सुरक्षा कबचलाई बलियो बनाउँछ

२. सेल्सुन एन्टी-ड्यान्ड्रफ स्याम्पू

जाडो मौसममा चिसोको कारण टाउकाको छालामा उत्पादन हुने तेलको मात्राको सन्तुलन बिग्रन्छ । यसकारण जसले गर्दा टाउकोमा चाया बढ्ने, चिलाउने र फुस्रोपनको समस्या बढ्न सक्छ।

सेल्सुन स्याम्पू विश्वभर विश्वास गरिएको एन्टी-ड्यान्ड्रफ हो, जसले टाउकोको छालालाई फंगल-फ्री र आरामदायी राख्छ। यसमा रहेको सेलेनियम सल्फाइड क्लिनिकली प्रमाणित भएको एन्टी-फंगल तत्त्व हो । यसले चाया उत्पादन गराउने ‘मालासेजिया फंगस’लाई नियन्त्रणमा राखेर कपाललाई लामो समयसम्म सफा राख्छ । साथै कपालको लट्टा हटाउन मद्दत गर्छ।

३. केयर सेरा मोइस्चराइजिंग बडी लोशन

जाडोमा शरीरको छालामा रुखोपन, कडापन वा विन्टर एक्जिमा देखिनु सामान्य हो, किनभने चिसो हावाले अनुहारजस्तै शरीरको छालाबाट पनि आर्द्रता सोस्ने काम गर्छ ।
यस अवस्थामा सेरामाइडहरू भएको लोसन अत्यन्तै आवश्यक हुन्छ, र केयर सेरा त्यसमध्ये एक हो।

यसमा रहेको ७ प्रकारका सेरामाइड र हाइलुरोनिक एसिडले छालाको सुरक्षा कबचलाई पुनः स्थापना गरेर बलियो बनाउँछ र जाडोको सुक्खापनबाट जोगाउँछ। यो लोसनले छालालाई २४ देखि ४८ घण्टासम्म ओसिलो बनाइ राख्छ र सुख्खा, संवेदनशील तथा छालाका लागि निकै फाइदाजनक छ।

४. लिपआइस लिप बाम

ओठमा तेल उत्पादन गर्ने ग्रन्थी हुँदैन, त्यसैले जाडोमा सबैभन्दा पहिले असर गर्ने भनेको ओठमा हो । चिसो हावा र भित्रको तातो वातावरणले डिहाइड्रेट गरी ओठ फुट्ने समस्या हुन्छ । लिपआइस लिप बाम प्रयोग गर्दा छिटो राहत र लामो समयसम्म सुरक्षा मिल्छ ।

यसमा रहेको ‘शिया बटर’ र ‘भिटामिन ई’ ले ओठलाई पोषण दिँदै ओठलाई नरम, चिल्लो बनाउनुका साथै हल्का चमक दिन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?