+
+
Shares

रुखबाट लडेर युवकको मृत्यु

रासस रासस
२०८२ पुष १ गते १२:२२

१ पुस,  हेटौंडा । रुखबाट लडेर मकवानपुरको मनहरी गाउँपालिका–७ मा एक युवकको मृत्यु भएको छ ।

स्थानीय मनकामना सामुदायिक वनमा आज बिहान ८ बजेतिर साजको रुखको हाँगा काट्ने क्रममा लडेर मकवानपुरको राक्सिराङ गाउँपालिका–८ टोक्चेराङ घर भई मनहरी गाउँपालिका–७ लामा टोलमा बस्दै आएका ३५ वर्षीय सुरेश लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

रुखबाट लडेर गम्भीर घाइते लामालाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल भर्ना गरिएकोमा बिहान १०ः२० बजे उपचारको क्रममा मृत्यु भएको बोगटीले जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?