+
+
WC Series
विराटनगर किंग्स 2025
0/0 (0.1)
VS
११९ बलमा १७५ रन आवश्यक
चितवन राइनोज 2025
174/5 (20)
Shares

काठमाडौंको नेपालटारमा लुटियो महिलाको ब्याग, ४ जना पक्राउ

पक्राउ पर्नेहरुमा स्याङ्जाको वालिङ नगरपालिका–११ डौंवा घर भएका २७ वर्षीय इश्वर बुढाथोकी, नुवाकोटको गोस्याङ घर भएका २० वर्षीय विशाल राई, नुवाकोट किस्पाङका १८ वर्षीय साजन तामाङ र नुवाकोट चौगाडाका १९ वर्षीय समीर तामाङ छन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १० गते १७:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तारकेश्वर नगरपालिका–११ नेपालटारमा महिलाको ब्याग लुटेर फरार भएको आरोपमा चार जना पक्राउ परेका छन्।
  • पक्राउ पर्नेहरुमा स्याङ्जाको वालिङ नगरपालिका–११ का २७ वर्षीय इश्वर बुढाथोकी र नुवाकोटका तीन जना छन्।
  • तीन महिलाको ब्याग लुटेको र लुटिएका सामान बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंबाट बताइएको छ।

१० मंसिर, काठमाडौं। तारकेश्वर नगरपालिका–११ नेपालटारमा महिलाको ब्याग लुटेर फरार भएको आरोपमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा स्याङ्जाको वालिङ नगरपालिका–११ डौंवा घर भएका २७ वर्षीय इश्वर बुढाथोकी, नुवाकोटको गोस्याङ घर भएका २० वर्षीय विशाल राई, नुवाकोट किस्पाङका १८ वर्षीय साजन तामाङ र नुवाकोट चौगाडाका १९ वर्षीय समीर तामाङ छन्।

उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको हो ।

यो समूहले सोमबार सवा ५ बजेतिर नेपालटारस्थित सडकमा हिँड्दै गरेकी एक महिलाको ब्याग लुटेको आरोप छ।

यो समूहले अहिलेसम्म तीन महिलाको ब्याग लुटेको खुलेको परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए।

उनीहरुबाट लुटिएका २ थान ब्याग, ११ थान मोबाइल, चाबीका झुप्पा, नागरिकता, नागरिकता लगानी कोषको कोर्ड, बैंकको आईडी कार्डलगायत बरामद भएको छ ।

पक्राउ परेकाहरुविरुद्ध ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?