+
+
Shares

एमालेले मंसिर ६ गते काठमाडौंमा जनसभा गर्ने

पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, देशभरका सबै वडामा यही कात्तिक २२ गते जनभेला आयोजना हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १५ गते १८:०६

१५ कात्तिक, काठमाडौं । नेकपा एमालेले मंसिर ६ गते काठमाडौंमा जनसभा आयोजना गर्ने भएको छ ।

शनिबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले वडादेखि जिल्ला हुँदै काठमाडौंमा मंसिर ६ गते जनसभा आयोजना गर्ने निर्णय गरेको हो ।

पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, देशभरका सबै वडामा यही कात्तिक २२ गते जनभेला आयोजना हुनेछ ।

त्यस्तै, देशभरका पालिकामा कात्तिक २५ गते प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।

ज्ञवालीले दिएको जानकारी अनुसार, कात्तिक २९ गते जनसभा आयोजना गर्ने पनि निर्णय भएको छ ।

पार्टीको जनपरिचालन गर्ने नीति अनुसार यी कार्यक्रमहरू तय भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?