+
+
Shares

काठमाडौंका विभिन्न स्थानबाट पेस्तोल र लागुऔषधसहित चार जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १८ गते १९:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले काठमाडौंका विभिन्न स्थानबाट पेस्तोल, गोली र ट्रामाडोलसहित चार जनालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेहरूमा बूढानीलकण्ठ नगरपालिका–५ का कबिर देउला, सविना पोडे, संसार सिटौला र ललितपुर गोदावरी नगरपालिका–११ का सुवास शाही रहेका छन्।
  • पक्राउ परेकाहरूको साथबाट पेस्तोल एक थान, म्यागेजिन तीन थान, गोली चार राउन्ड, एसएलआर गोली दुई राउन्ड र ट्रामाडोल १६ हजार ७५० ट्याब्लेट बरामद गरिएको छ।

१८ वैशाख, काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले एक थान पेस्तोल, म्यागेजिन र लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बूढानीलकण्ठ नगरपालिका–५ का २३ वर्षीय कबिर देउला, ४२ वर्षीया सविना पोडे, २६ वर्षीय संसार सिटौला र ललितपुर गोदावरी नगरपालिका–११ का २६ वर्षीय सुवास शाही रहेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले राससलाई जानकारी दिए ।

‘काठमाडौंका विभिन्न स्थानबाट हाम्रो टोलीले एक थान पेस्तोल, म्यागेजिन, गोली र लागुऔषध ट्रामाडोलसहित चार जना पक्राउ गरेको छ । उनीहरूका बारेमा अनुसन्धान भइरहेको छ,’ उनले भने ।

उनका अनुसार पक्राउ परेकाहरूको साथबाट प्रहरीले पेस्तोल एक थान, सोही पेस्तोलको म्याग्जिन तीन थान, सोही पेस्तोलको गोली चार राउन्ड, एसएलआर हतियारको गोली दुई राउन्ड र नियन्त्रित लागुऔषध ट्रामाडोल १६ हजार ७५० ट्याब्लेट प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेकाहरूका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?