News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंका नदी किनारमा रहेका १६ वटा बस्ती डोजर प्रयोग गरी खाली गर्दा १५ हजार ३१६ जना विस्थापित भएका छन्।
- विस्थापितमध्ये महिला ६ हजार ८५८, पुरुष ५ हजार २३५, बालक १ हजार ४३७ र बालिका १ हजार ६९६ रहेका छन्।
- ८९० पक्की र १ हजार ७९७ रकच्ची गरी २ हजार ६८७ घर टहरा भत्काइएका छन् र केही परिवारलाई होल्डिङ सेन्टरमा राखिएको छ।
२४ वैशाख, काठमाडौं । काठमाडौंका नदी किनारमा रहेका सुकुमवासी र अव्यवस्थित बस्ती हटाउँदा १५ हजार ३१६ जना विस्थापित भएका छन् । यही वैशाख १२ गतेदेखि संघीय सरकार र स्थानीय तहको समन्वयमा काठमाडौंका विभिन्न ठाउँमा डोजर प्रयोग गरी बस्ती खाली गराइएको थियो ।
काठमाडौंको थापाथली, गैरीगाउँ, मनोहरा, कालोपुल, बल्खु, बंशीघाट, शंखमुल, कालीमाटी, बालाजु, स्वयम्भू, गौशाला, धोबीखोला, तेन्जिङचोक, कृष्ण मन्दिर, कपन र साततले क्षेत्रमा डोजर प्रयोग गरी बस्ती खाली गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको तथ्यांकअनुसार १६ वटा बस्तीमा डोजर प्रयोग गरेर बस्ती खाली गरियो । यो तथ्यांक वैशाख १२ गतेदेखि वैशाख २१ गतेसम्मको हो ।
बस्तीमा डोजर चल्दा २ हजार ५०१ परिवार विस्थापित भएका छन् । २ हजार ५०१ परिवारका १५ हजार ३१६ जना विस्थापित भएका हुन् ।
विस्थापित हुनेमा महिला ६ हजार ८५८ जना, पुरुष ५ हजार २३५ जना, बालक १ हजार ४३७ र बालिका १ हजार ६९६ विस्थापित भएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार १७ वटा बस्तीमा ८९० पक्की रकच्ची १ हजार ७९७ गरी २ हजार ६८७ वटा घर टहरा भत्किएका छन् ।
घर टहरा भत्किएपछि केही परिवार आफैँ व्यवस्थापन गरेर सरेका छन् भने केहीलाई सरकारले होल्डिङ सेन्टरमा राखेको छ । होल्डिङ सेन्टरमा राखेर सरकारले वास्तविक सुकुमवासी पहिचानको गरी व्यवस्थापन गर्ने बताएको छ ।

प्रतिक्रिया 4