+
+
Shares

काठमाडौं र ललितपुरका ५ स्थानमा एकैदिन दिउँसै चोरी

सोमबार दिउँसो काठमाडौंको तारकेश्वर नगरपालिका–११ डेरा गरी बस्ने नुवाकोट सूर्यगढी गाउँपालिका–५ घर भएकी २६ वर्षीया सुनिता बजगाईको कोठाबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब २ लाख ९१ हजार ७ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते ११:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं र ललितपुरका पाँच ठाउँमा सोमबार दिउँसो सुन, चाँदीका गरगहना र नगद गरी करिब ५८ लाख ५९ हजार ३ सय रूपैयाँ बराबरको चोरी भएको छ।
  • चोरीमा संलग्नहरु अझै पक्राउ परेका छैनन् र प्रहरीले उनीहरुको खोजी तथा अनुसन्धान गरिरहेको जनाएको छ।
  • चोरी भएका स्थानमा तारकेश्वर नगरपालिका, काठमाडौं महानगरपालिका र ललितपुर महालक्ष्मी नगरपालिका पर्दछन्।

१ पुस, काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न पाँच ठाउँमा दिउँसै चोरीका घटना भएका छन् । प्रहरीका अनुसार काठमाडौंका तीन र ललितपुरका दुई स्थानमा सोमबार दिउँसो नगद र गरगहना चोरी भएको हो ।

सोमबार दिउँसो काठमाडौंको तारकेश्वर नगरपालिका–११ डेरा गरी बस्ने नुवाकोट सूर्यगढी गाउँपालिका–५ घर भएकी २६ वर्षीया सुनिता बजगाईको कोठाबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब २ लाख ९१ हजार ७ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

यसैगरी तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली बाटुलीचौर बस्ने ३४ वर्षीय जयराम अधिकारीको घरबाट सुन तथा चाँदीका गरगहना र नगद समेत गरी करिब ३ लाख ७७ हजार ६ सय रूपैयाँ बराबरको धनमाल सोमबार दिउँसो नै चोरी भएको छ ।

काठमाडौं महानगरपालिका–१५ धिमेलो डेरा गरी बस्ने ४३ वर्षीय धर्म रत्न शाहीको कोठामा पनि सोमबार दिउँसो चोरी भएको छ । उनको डेराबाट सुन तथा चाँदीका गरगहना र ल्याप्टप १ थान गरी करिब ७ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

यसैगरी ललितपुरको महालक्ष्मी नगरपालिका–१ भैरब टोल डेरा गरी बस्ने महोत्तरी घर भएका ४४ वर्षीय जानेन्द्र लाल कर्णको कोठाबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब ४ लाख ४ हजार रूपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।

यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका–१ मै कृष्ण मन्दिर चोक डेरा गरी बस्ने अर्घाखाँची घर भएका बाबुराम पाण्डेको कोठामा पनि चोरी भएको छ । उनको डेराबाट सुन तथा चाँदीका विभिन्न गरगहना र नगद समेत गरी करिब ३९ लाख ४७ हजार रूपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको प्रहरीले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म चोरीमा संलग्नहरु पक्राउ परेका छैनन् । प्रहरीले उनीहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?