+
+
Shares

भैरहवामा भेटिएको शंकास्पद भनिएको वस्तु माटो राखेको बियरको बोतल

शंकास्पद वस्तु डिस्पोज गर्दा  क्यान बियरको बोतलभित्र माटो र ढुङ्गा राखेर सर्वसाधारणलाई तर्साउन खोजेको पाइएको रुपन्देही प्रहरीले बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ५ गते ९:०७
शंकास्पद वस्तु भेटिएको स्थान नजिक तैनाथ सुरक्षाकर्मी

५ फागुन, बुटवल । नेकपा बहुमतले आह्वान गरेको नेपाल बन्दको क्रममा  भैरहवाको लुम्बिनी गेट नजिकै शंकास्पद वस्तु फेला परेको छ ।

बोराभित्र राखिएको र बाहिर कागजमा नेपाल बन्द सफल पारौं लेखेको हुँदा शंकास्पद वस्तु देखिएपछि केही समय उक्त सडक खण्डमा सवारी आवागमन बन्द भएको थियो ।

नेपाली सेनाको टोली आएर डिस्पोज गर्दा  क्यान बियरको बोतलभित्र माटो र ढुङ्गा राखेर सर्वसाधारणलाई तर्साउन खोजिएको पाइएको रुपन्देही प्रहरीले बताएको छ ।

फागुन २१ को चुनाव बहिष्कारको आह्वान गर्दै नेपाल बन्द गरिएको सो पार्टीले जनाएको छ । बन्द आह्वान का कारण जिल्लाका शिक्षण संस्थाहरु बन्द भएका छन् । सवारी साधन चलेका छैनन् भने बजार पनि खुलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?