+
+
Shares

खगेन्द्र र रुद्रकली लिन भैरहवा आइपुग्यो जहाज

नेपाल सरकारले उपहारस्वरुप प्रदान गर्न लागेको दुई वटा हात्ती लिन करता एयरवेजको कार्गो जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते १५:१८
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सरकारले उपहारस्वरुप प्रदान गर्न लागेको दुई वटा हात्ती लिन कतार एयरवेजको कार्गो जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।
  • कतार एयरवेजको उडान नम्बर क्यू आर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर जहाज खगेन्द्रप्रसाद र रुद्रकली हात्ती लिएर भैरहवा आइपुगेको हो।
  • खगेन्द्रप्रसाद र रुद्रकलीलाई मंगलबार नै चितवनबाट भैरहवा पुर्‍याइएको छ र जहाज भैरहवाबाट उडान भरेको ४ घण्टामा कतार पुग्नेछ।

२ पुस, काठमाडौँ । नेपाल सरकारले उपहारस्वरुप प्रदान गर्न लागेको दुई वटा हात्ती लिन कतार एयरवेजको कार्गो जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

कतार एयरवेजको उडान नम्बर क्यू आर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर जहाज खगेन्द्रप्रसाद र रुद्रकली लिन भैरहवा आइपुगेको हो ।

खगेन्द्रप्रसाद र रुद्रकलीलाई मंगलबार नै चितवनबाट भैरहवा पुर्‍याइएको छ ।

यसअघि आज बिहान भैरहवामा अवतरण गर्न नसकेपछि जहाज भारतको कोलकाता डाइभर्ट भएको थियो । अहिले कोलकाताबाट जहाज भैरहवा आएको हो । जहाज भैरहवाबाट उडान भरेको ४ घण्टामा कतार पुग्नेछ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले बिहान मौसम खराब हुँदा जहाज कोलाकाता डाइभर्ट भएको थियो । उनका अनुसार बिहान ७-८ पटक फन्का मार्दा पनि मौसम नखुलेपछि जहाज डाइभर्ट भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?