१८ कात्तिक, काठमाडौं । रुपन्देहीको भैरहवास्थित निर्वाणा होटलको गेट अगाडि गोली चलेको छ । गोली लागेर होटलका सुरक्षागार्ड सामान्य घाइते छन् ।
गोली चलाउने समूहको पहिचान भएको छैन । उनीहरु फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार गएराति होटल निर्वाणाको क्यासिनोमा दुई समूहबीच विवाद भएको थियो । विवाद गर्दै सो समूह होटलको गेट अगाडि आइपुगेको थियो । त्यसैक्रममा एक समूहले गोली चलाएको थियो ।
गोली चलाउने समूहमा रहेका तीन जना फरार भएको एसपी क्षेत्रीले बताए । उनका अनुसार उनीहरुको खोजी भइरहेको छ ।
फरार व्यक्तिहरुबारे क्यासिनोमा रहेका केही व्यक्तिहरुसँग सोधपुछ भइरहेको एसपी क्षेत्रीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4