+
+
Shares

भैरहवामा भेटियो अत्यन्तै विषालु रसेल्स भाइपर सर्प

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते ११:२१
भैरहवामा भेटिएको रसेल्स भाइपर सर्प (दायाँ) । साथमा सर्प उद्धारक विशाल पाण्डे र नवीन पौडेल ।

२९ साउन, बुटवल । रुपन्देहीको भैरहवामा अत्यन्तै विषालु सर्प रसेल्स भाइपर फेला परेको छ । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै उक्त सर्प देखिएपछि स्थानीयले सर्प उद्धारकर्ता तिलोत्तमाका विशाल पाण्डे र बुटवलका नवीन पौडेललाई खबर गरेका थिए ।

त्यसपछि भैरहवा पुगेर उक्त सर्पलाई मानव वस्तीबाट टाढा सुरक्षित स्थानमा लगेर छाडेको उद्धारकर्ता विशाल पाण्डेले बताए ।

उनका अनुसार रसेल्स भाइपर विश्वका सबैभन्दा विषालु र खतरनाक सर्पमध्ये ७ औं स्थानमा छ  ।

यो सर्पको विष मानव शरीरको हेमोटोक्सिनमा प्रत्यक्ष असर गर्ने प्रकारको हुने सर्पका प्रजातिबारे जानकार पाण्डेले बताए । जसले रगतको गडबडी, आन्तरिक रक्तस्राव र अन्य गम्भीर स्वास्थ्य समस्या निम्त्याउने उनले बताए ।

रसेल्स भाइपरको शरीरमा खैरोदेखि पहेँलो–खैरो पृष्ठभूमिमा ठूला गोलाकार वा अण्डाकार गाढा खैरो–कालो दाग हुन्छन् । जसको किनार सेतो–फिका पहेँलो रेखाले घेरिएको हुन्छ । त्यसैले धेरैजना यसलाई देख्दा अजिङ्गर सर्प भनेर झुक्किने अर्का उद्धारकर्ता नवीन पौडेल बताउँछन् ।

यो सर्प नेपालमा मुख्यत: तराईका तातो र सुख्खा क्षेत्रमा पाइने पौडेल बताउँछन् । उनका अनुसार रुपन्देहीको भैरहवा वरिपरि, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर रसेल्स भाइपरको मुख्य बासस्थान हो ।

नेपालबाहिर यो सर्प भारत, श्रीलंका, बंगलादेश, म्यानमार, थाइल्यान्ड र दक्षिण–पूर्वी एसियाका केही भागमा पनि पाइन्छ  ।

यसको नाम Russell ब्रिटिश प्राणी विज्ञ Patrick Russell को नामबाट राखिएको हो ।

यो सर्प प्राय: धानका खेत, घाँसे मैदान, झाडी वरिपरि र घर वरिपरिको खुला ठाउँमा विशेष गरी बेलुकीपख वा राति देखिने भएकाले यसको डसाइको जोखिम हुने भएकाले उक्त समयमा सावधानी अपनाउनुपर्ने पाण्डेले सुझाए ।

सर्प उद्धारकर्ता पाण्डे र पौडेलले यो वर्ष रुपन्देहीमा एउटै घरबाट २३ वटासम्म विषालु गोमन सर्पसहित तीन सय बढी सर्प घरबाट उद्धार गरेर सुरक्षित स्थानमा छाडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?