+
+
Shares

भैरहवाबाट अलपत्र यात्रु ल्याउन वायुसेवा निगमको विमान उड्यो

काठमाडौँबाट ८३ यात्रु लिएर गएको ‘आरए १७३१’ उडान नम्बरको विमानले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट १५१ यात्रु लिएर काठमाडौँ आउनेछ । यद्यपि यात्रु सङ्ख्या केही तलमाथि हुनसक्ने निगमले जनाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २० गते १५:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल वायुसेवा निगमको ‘न्यारो बडी ए ३२०’ विमान भैरहवामा अलपत्र यात्रुहरूलाई चार्टर्ड उडानमार्फत काठमाडौँ ल्याउन उडेको छ।
  • आरए १७३१ उडानले भैरहवाबाट १५१ यात्रु लिएर काठमाडौँ आउनेछ भने आरए १७३२ उडान दिउँसो २:४५ बजे काठमाडौँबाट भैरहवा उड्ने तालिका छ।
  • प्रधानमन्त्री सुशीला कार्कीको पहलमा उद्धार उडानमार्फत बाढी र पहिरो प्रभावित क्षेत्रका यात्रुलाई विशेष प्राथमिकता दिइएको छ।

२० असोज, काठमाडौँ । भैरहवामा अलपत्र यात्रुको चार्टर्ड उडानमार्फत काठमाडौँ ल्याउन भनी नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ‘न्यारो बडी ए ३२०’ विमान त्यसतर्फ उडेको छ ।

काठमाडौँबाट ८३ यात्रु लिएर गएको ‘आरए १७३१’ उडान नम्बरको विमानले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट १५१ यात्रु लिएर काठमाडौँ आउनेछ । यद्यपि यात्रु सङ्ख्या केही तलमाथि हुनसक्ने निगमले जनाएको छ।

निगमले आरए १७३२ उडानमार्फत दिउँसो २:४५ बजे काठमाडौँ उडानको तालिका बनाएको भए पनि निर्धारित समयभन्दा ढिलो उडेकाले समय लाग्ने जनाइएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको विशेष पहल र मुख्यसचिव एकनारायण अर्यालको समन्वयमा नेपाल वायुसेवा निगमको विमानमार्फत भैरहवा आसपासमा अलपत्र परेका यात्रुहरूलाई काठमाडौँ ल्याउन लागिएको हो ।

वायुसेवा निगमले उद्धार उडानमार्फत देशमा बाढी र पहिरोका कारण सिर्जित विषम परिस्थितिमा सरकारको विशेष निर्देशनबमोजिम आज एक उद्धार उडान गरिएको जनाएको छ ।

उक्त उडानमा काठमाडौँबाट रु पाँच हजार र भैरहवाबाट रु सात हजार भाडादर तोकिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थका प्रवक्ता रिन्जी शेर्पाले आज मौसम अनुकूल रहेकाले नियमित रुपमा उडान सञ्चालन भइरहेको जानकारी दिए ।

उद्धार उडानमा अशक्त, ज्येष्ठ नागरिक बिरामी तथा अत्यावश्यक यात्रुलाई विशेष प्राथमिकता दिइने निगमले स्पष्ट गरेको छ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार भैरहवामा उल्लेख्य सङ्ख्याका यात्रु उडानको प्रतीक्षामा छन्।

‘विमानस्थलमा धरै यात्रु छन् । विमानको सिट सीमित छ । केही एयरलाइन्सले उडान थपे पनि यात्रुको चाप अत्यधिक छ । उडान थपेर यात्रुलाई गन्तव्यमा पुर्‍याउन विमानस्थल लागिपरेको छ,’ महाप्रबन्धक तिवारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?