+
+
Shares

पोखरा र भैरहवा विमानस्थलमा अब पशु क्वारेन्टिन चेकपोस्ट

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ८ गते १८:५५
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

८ साउन, काठमाडौं । पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अब पशु क्वारेन्टिन चेकपोस्ट रहने भएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ती विमानस्थलमा पशु क्वारेन्टिन चेकपोस्ट स्थापना र सञ्चालन गर्ने निर्णय भएको जनाएको छ ।

मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो । मन्त्रालयका अनुसार यी दुई विमानस्थल बाहेक मुस्ताङ कोरला  र बारा मटिअर्वामा समेत पशु क्वारेन्टिन स्थापना र सञ्चालन हुनेछन् । यी सबै स्थानमा स्थायी प्रकृतिको क्वारेन्टिन बन्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?