News Summary
Generated by OK AI. Editorially reviewed.- सप्तरीको खडक नगरपालिकाले बजेट अभावका कारण कृषकहरूको कृषि मिटर विद्युत् महसुल भुक्तानी स्थगित गरेको छ।
- नगरपालिकाले ३ चैतमा बसेको कार्यपालिका बैठकको निर्णयअनुसार अनुदान बजेट अपर्याप्त भएपछि भुक्तानी स्थगित गरिएको जनाएको छ।
- प्रमुख प्रशासकीय अधिकृत हरेन्द्रकुमार श्रेष्ठले आवश्यक स्रोत व्यवस्थापनपछि पुनः सुविधा सञ्चालनमा ल्याउने प्रयास गरिने बताए।
९ चैत, सप्तरी । सप्तरीको खडक नगरपालिकाले कृषकहरूलाई राहत स्वरूप निःशुल्क तिर्दै आएको कृषि मिटरको विद्युत् महसुल भुक्तानी स्थगित गरेको छ।
नगरपालिकाले विगतदेखि कृषकहरूलाई खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले कृषि मिटरको महसुल निःशुल्क तिर्दै आएको थियो । तर पछिल्लो समय बजेट अभाव भएको कारण देखाउँदै उक्त सुविधा स्थगित गरिएको जनाएको छ।
३ चैतमा बसेको कार्यपालिका बैठकको निर्णयअनुसार अनुदान बजेट अपर्याप्त भएपछि सोही मितिदेखि लागु हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि भुक्तानी स्थगित गरिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेन्द्रकुमार श्रेष्ठका अनुसार, बजेट अभावका कारण बाध्य भएर यस्तो निर्णय लिनुपरेको हो ।
उनले आगामी दिनमा आवश्यक स्रोत व्यवस्थापन भएपछि पुनः सुविधा सञ्चालनमा ल्याउने प्रयास गरिने जानकारी दिएका छन्।
यस निर्णयले स्थानीय कृषकहरू प्रभावित हुने भएका छन् । कृषकहरूले भने तत्काल वैकल्पिक व्यवस्था गर्न नगरपालिकासँग माग गरेका छन्।
प्रतिक्रिया 4