+
+
Shares

निजी क्षेत्रको एकताका लागि सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल

महासंघको निर्वाचनको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा बोल्दै उनले निर्वाचनमा हुने प्यानलगत विभाजनले निजी क्षेत्र कमजोर हुने भन्दै समझदारीमा जोड दिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ९ गते १८:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी निर्वाचनमा निजी क्षेत्रको आवाज सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरेका छन्।
  • ढकालले निर्वाचनमा प्यानलगत विभाजनले निजी क्षेत्र कमजोर हुने भन्दै समझदारीमा जोड दिए।
  • महासंघको संशोधित विधानले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूको प्रतिनिधित्व र अधिकारलाई व्यापक बनाएको अध्यक्ष ढकालले बताए ।

९ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरेका छन् ।

महासंघको निर्वाचनको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा बोल्दै उनले निर्वाचनमा हुने प्यानलगत विभाजनले निजी क्षेत्र कमजोर हुने भन्दै समझदारीमा जोड दिएका हुन् ।

अहिले देशमा दुई तिहाइको स्थायी सरकार बन्ने प्रक्रियामा रहेको र यस्तो बेला निजी क्षेत्र एकढिक्का हुनुपर्ने बताए ।

उनले एक ढिक्का भएर आवाज उठाए मात्रै सरकारले सुन्ने उनको भनाइ छ ।

आफ्नो विगतको निर्वाचन अनुभव सुनाउँदै उनले भोट दिन्छु भन्ने सबैले भोट नहाल्ने यथार्थलाई बुझ्न उम्मेदवारहरूलाई आग्रह गरे ।

विधानले पदहरू समेत बढाएकाले इगो त्यागेर पदाधिकारी तहमा सर्वसम्मत नेतृत्व चयन गर्न उनले वरिष्ठ उपाध्यक्ष र अन्य उम्मेदवारहरूलाई सुझाव दिए ।

निजी क्षेत्रको एउटै बलियो आवाजका लागि एकताको विकल्प नभएको उनको निष्कर्ष छ ।

उनले भने, ‘उम्मेदवार साथीहरूलाई के भन्न चाहन्छु भने हामी बसौँ । अध्यक्षज्यू, वरिष्ठ उपाध्यक्षज्यू, पूर्वअध्यक्षज्यूहरूलाई पनि म भन्न चाहन्छु हामी समझदारी गरौँ । यो विधानले वास्तवमा पदहरू पनि बढाएको छ । तपाईंहरू धेरैजना पनि हुनुहुन्न र तपाईंहरूले इगो पनि नराख्नुस् ।’

अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघको संशोधित विधानले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूको प्रतिनिधित्व र अधिकारलाई व्यापक बनाएको बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?