+
+
Shares

नेपाली मूलका नागरिकलाई त्रिभुवन विमानस्थलमा छुट्टै डेस्क सञ्चालन

नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ९ गते १८:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली मूलका विदेशी नागरिकका लागि छुट्टै अध्यागमन डेस्क सञ्चालनमा ल्याइएको छ।
  • यो व्यवस्था नेपाली भाषा, संस्कृति र मातृभूमिप्रतिको सम्बन्ध सुदृढ पार्न र पर्यटन प्रवर्धन गर्न गरिएको हो।
  • अध्यागमन विभागले चैत ८ गते निर्णय गरी आगमन र प्रस्थान कक्षमा छुट्टै लाईन र डेस्कको व्यवस्था गरेको छ।

९ चैत, काठमाडौं । नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विमानस्थलको आगमन र प्रस्थान कक्षमा विशेष डेस्क स्थापना गरी सेवा दिन सुरु गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत नरहरि घिमिरेका अनुसार पहिला एनआरएनए र भिषा फ्रि भएका मुलुक र व्यक्तिका लागि छुट्टै डेस्को व्यवस्था गरिएको थियो ।

अब नेपाली मूलका विदेशी नागरिकलाई पनि अध्यागमनमा छुट्टै डेस्कको व्यवस्था गरिएको छ । नेपाली भाषा, संस्कृति र मातृभूमिप्रतिको सम्बन्ध अझ सुदृढ बनाउने, साथै पर्यटन र लगानी प्रवर्धन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ।

अध्यागमन विभागको यही चैत ८ गतेको निर्णय अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको आगमन र प्रस्थान तर्फ नेपाली मूलका विदेशी नागरिक का लागि छुट्टै लाईन र अध्यागमन डेस्कको व्यवस्था गरिएको अध्यागमन कार्यालयद्धारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?