१६ फागुन, काठमाडौं । मध्यपूर्वमा विकसित घटनाक्रमको असर नेपालमा पनि देखिएको छ । इरान र इजरायलबीचको तनावले उत्पन्न परिस्थितिपछि मध्यपूर्वका विभिन्न देशमा अहिले अवस्था जटिल बन्न थालेको छ ।
विशेषगरी खाडी मुलुकहरूले हवाई क्षेत्र समेत बन्द गरेको छ । कुवेत, इराक, यूएई लगायतका देशहरूले ट्राफल एडभाइजरी जारी गर्दै सचेत रहन र यात्रा नगर्न भनेको छ ।
काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पनि त्यसको असर देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले केही अन्तर्राष्ट्रिय उडानहरू रद्द हुनसक्ने बताउँदै सम्पर्क गरेर मात्रै विमानस्थलमा पुग्न आग्रह गरेको छ ।
शनिबार दिउँसोदेखि मध्यपूर्वका विभिन्न देशमा जान हिंडेका यात्रुहरू विमानस्थलमा अलपत्र परेका छन् । अहिले विमानस्थलमा ठूलो संख्यामा यात्रुहरूको भीड जम्मा भएको छ ।

इजरायल र अमेरिकाले संयुक्त रूपमा इरानका विभिन्न रणनीतिक स्थानहरूमाथि “प्रि–एम्प्टिभ” (अग्रिम सुरक्षात्मक) हवाई आक्रमण सुरु गरेका छन् । यो आक्रमण सन् २०२५ को जुन महिनामा भएको १२ दिने हवाई युद्धपछिको सबैभन्दा ठूलो र निर्णायक सैन्य कारबाही मानिएको छ।
इजरायली सेना (आइडीएफ) ले यस अभियानलाई ‘अपरेसन शिल्ड अफ जुडा’ नाम दिएको छ। यो कारबाही इरानको आणविक कार्यक्रम र ब्यालिस्टिक क्षेप्यास्त्र क्षमतालाई ध्वस्त पार्ने उद्देश्यले गरिएको इजरायली रक्षा मन्त्रालयले दाबी गरेको छ ।
हेर्नुस् विमानस्थलका तस्वीरहरू :




















प्रतिक्रिया 4