+
+
Shares

इरानका सर्वोच्च नेताको कार्यालयमा आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १६ गते १८:४२

१६ फागुन, काठमाडौं । इरानको राजधानी तेहरान तथा देशका विभिन्न सहरहरूमा धेरै विस्फोटका आवाजहरू सुनिएका छन् । तेहरानस्थित इरानका सर्वोच्च नेता आयातुल्लाह अल खामनेईको कार्यालय र राष्ट्रपतिको कार्यालयलाई पनि निशाना बनाइएको बताइएको छ ।

केर्मानशाह, कुम, इस्फहान, तब्रिज र कराजका सैन्य स्थलहरूलाई पनि लक्षित गरेर इजरायलले आक्रमण गरेको बीबीसीले जनाएको छ ।

यसका साथै इरानको दक्षिणी भाग केनारकस्थित इरानी नौसैनिक क्याम्पमा पनि आक्रमण भएको छ । कुर्द क्षेत्रको सानो शहर कामियारानबाट प्राप्त एक भिडियोमा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को एक आधार शिविरमाथि बम आक्रमण भएको देखिन्छ ।

इजरायली रक्षा बलले आक्रमण अघि इरानी सर्वसाधारणलाई सैन्य स्थल र संरचनाहरू नजिकका क्षेत्र खाली गर्न चेतावनी दिएको थियो । तेहरानको नरमाक क्षेत्रमा रहेको एक आवासमा पनि आक्रमण भएको तस्बिरहरू सार्वजनिक भएका छन् ।

बीबीसीका अनुसार उक्त स्थान पूर्व राष्ट्रपति महमुद अहमदिनेझाद बस्ने घर हो । आक्रमणका क्रममा पूर्व राष्ट्रपति महमुदलाई कुनै चोट–पटक लागे नलागेको बारेमा केही खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?