१६, फागुन, काठमाडौं । इजरायलले आक्रमण गरेपछि इरानले खाडी मुलुकहरूमा प्रतिआक्रमणलाई तीब्रता दिएको छ । इरानले कतार, कुवेत, युएई र बहराइनमा आक्रमण गरेको इरानको फार्स समाचार एजेन्सीले जनाएको छ ।
समाचार एजेन्सीको हवाला दिँदै अलजजिराले कतारको अल–उदेइद एयर बेस, कुवेतको अल–सलेम एयर बेस, युएईको अल–धफ्रा एयर बेस र बहराइनमा पाँचौं अमेरिकी बेसमा इरानले आक्रमण गरेको समाचार प्रकशित गरेको छ ।
अल जजिराका अनुसार इरानले आक्रमण गरेपछि कतार, कुवेत र युएईले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन् । शनिबार इजरायलले इरानका विभिन्न सहरहरूमा हवाई आक्रमण गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4