+
+
Shares
मध्यपूर्व तनाव :

मंगलबार पनि काठमाडौं निर्धारित डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

कुवेत, सारजहाँ, आबुधावी, दुबई, दोहाका निर्धारित उडान रद्द भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते १८:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मध्यपूर्वी देशहरूमा चर्किएको युद्ध र हवाई क्षेत्र प्रतिबन्धका कारण मंगलबार काठमाडौंका लागि १६ अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्।
  • जजिरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाई दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सका उडान रद्द भएका हुन्।
  • कतार, यूएई, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनको एयरस्पेस मंगलबार पनि बन्द रह्यो।

१९ फागुन, काठमाडौं । मध्यपूर्वी देशहरूमा चर्किएको युद्ध र हवाई क्षेत्र प्रतिबन्धका कारण नेपालको हवाई क्षेत्रसमेत निरन्तर प्रभावित बनिरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मंगलबार समेत पूर्वनिर्धारित कुल १६ अन्तर्राष्ट्रिय हवाई उडान रद्द भएका छन् । आज जजिरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाई दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सले काठमाडौंमा गर्ने उडान रद्द भएको हो ।

कुवेत, सारजहाँ, आबुधावी, दुबई, दोहाका निर्धारित उडान रद्द भएका हुन् । मध्यपूर्वी देशमा निर्धारित उडान बाहेक अन्य मुलुकमा समेत सामान्य रूपमा उडान/अवतरण भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार कतार, यूएई, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनको एयरस्पेस आज पनि बन्द रह्यो ।

हिजो सोमबार पनि त्रिभुवन विमानस्थलका लागि पूर्वनिर्धारित कुल १६ अन्तर्राष्ट्रिय उडान रद्द भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?