+
+
Shares

एक महिनामा बुद्धले बोक्यो पौने २ लाख यात्रु, नेपाल एयरलाइन्सले २ हजार

बुद्धले जनवरीमा १ लाख ७५ हजार ६ सय १५ यात्रुलाई सेवा दिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांक छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ६ गते १७:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् २०२६ जनवरीमा बुद्ध एयरले आन्तरिक उडानतर्फ १ लाख ७५ हजार ६ सय १५ यात्रुलाई सेवा दिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांक छ।
  • त्यसै महिनामा नेपाल एयरलाइन्सले २ हजार १ सय ४९ यात्रुलाई मात्र सेवा दिएको कार्यालयको तथ्यांक छ।
  • जनवरीमा आन्तरिक उडानमा कुल ३ लाख १८ हजार यात्रुले सेवा लिएका छन्, जसमा बुद्ध एयर सबैभन्दा अगाडि छ र २० कम्पनीले उडान सेवा प्रदान गरेका छन्।

६ फागुन, काठमाडौं । सन् २०२६ जनवरीमा आन्तरिक उडानतर्फ बुद्ध एयरले सबैभन्दा बढी यात्रुलाई सेवा दिएको छ ।

बुद्धले जनवरीमा १ लाख ७५ हजार ६ सय १५ यात्रुलाई सेवा दिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांक छ ।

यसै महिना नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले भने २ हजार १ सय ४९ जनालाई मात्र सेवा दिन सकेको कार्यालयको तथ्यांक छ ।

बुद्धमार्फत ८९ हजार ९ सय ५३ यात्रु काठमाडौं बाहिर प्रस्थान गरेका थिए । ८५ हजार ६ सय ६२ काठमाडौं आएका थिए । नेपाल एयरलाइन्सबाट १ हजार ७० जना प्रस्थान गर्दा १ हजार ७९ जना आएका छन् ।

आन्तरिकतर्फ एक महिनामा कुल ३ लाख १८ हजार यात्रुले त्रिभुवन विमानस्थलबाट सेवा लिएका छन् । यसमा सबैभन्दा अगाडि बुद्ध एयर छ । दोस्रो स्थानमा श्री एयरलाइन्स छ । उसले जनवरीमा ६९ हजार ६ सय १२ यात्रुलाई सेवा दिएको छ । श्रीबाट ३५ हजार ५ सय ३५ यात्रु प्रस्थान गरेका छन् भने ३४ हजार ७७ यात्रु काठमाडौं आएका छन् ।

तेस्रो स्थानमा यती एयरलाइन्स रहेको छ । उसले जनवरीमा ६६ हजार ७ सय ७४ यात्रुलाई सेवा दिएको छ । ३३ हजार ८ सय ९९ यात्रु प्रस्थान र ३२ हजार ८ सय ७५ आगमन यतीमार्फत भएको तथ्यांक छ ।

चौथो स्थानमा नेपाल एयरलाइन्स छ । पाँचौं स्थानमा रहेको तारा एयरले १ हजार २ सय ९ यात्रुलाई सेवा दिएको तथ्यांक छ । आन्तरिकतर्फ हेलिकप्टर सहित कुल २० कम्पनीले उडान सेवा प्रदान गरेको विमानस्थलको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?