६ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार सस्मित पोखरेलले नेपाली,अङ्ग्रेजी र नेवारी भाषामा आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।
उम्मेदवार पोखरेलले मंगलबार डिजिटल माध्यममार्फत घाेषणापत्र सार्वजनिक गरेका हुन् ।
उक्त घोषणापत्रले समावेशी र प्रविधिमैत्री राजनीतिक अभ्यासको सन्देश दिने उनले बताएका छन् ।
पोखरेलले शिक्षा सुधारलाई प्राथमिकतामा राख्दै सम्पदा संरक्षण, डिजिटल अर्थतन्त्र प्रवर्द्धन, नोम्याड भिसा नीति कार्यान्वयन, रोजगारी सिर्जना तथा युवा र महिला सशक्तीकरणलाई मुख्य एजेन्डाका रूपमा अघि सारेका छन्।
उनका अनुसार, बहुभाषिक घोषणापत्र सार्वजनिक गर्नुको उद्देश्य क्षेत्रका विविध समुदायसम्म प्रत्यक्ष पहुँच पुर्याउनु र स्थानीय भाषा तथा संस्कृतिप्रति सम्मान प्रकट गर्नु हो।
‘सबै समुदाय र वर्गलाइ समेट्नेगरी घाेषणापत्र ल्याएका छाैँ । हामी सबैका मुद्दालाई सँगसँगै लिएर हिंड्छाैँ । नजिक र पराइकाे काेही हुँदैनन्,’ उनले भने ।
प्रतिक्रिया 4