+
+
Shares

धावनमार्ग पुगिसकेको टर्किस एयरलाइन्सको जहाज आकस्मिक रोकेर पार्किङमा फर्काइयो

टीके–७२७ उडान नम्बर रहेको जहाज काठमाडौंबाट १२ः३५ मा उड्ने समय निर्धारण गरिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ११ गते १४:१९
त्रिभुवन विमानस्थल (फाइल तस्वीर)

११ माघ, काठमाडौं । काठमाडौंबाट टर्कीकाे इस्तानबुल उडान गर्न लागेकाे टर्किस एयरलाइन्सको जहाज धावनमार्गबाट पार्किङ बे फर्काइएको छ ।

टीके–७२७ उडान नम्बर रहेको जहाज काठमाडौंबाट १२ः३५ मा उड्ने समय निर्धारण गरिएको थियो ।

उडान अनुमति पाएर धावनमार्गमा दौडिसकेको अवस्थामा इन्डिकेसनले समस्या रहेको संकेत गरेपछि जहाज रोक्नुपरेको जानकारी आएको त्रिभुवन विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।

‘इन्डिकेसनमा समस्याको संकेत आएपछि दौडिसकेको जहाज आकस्मिक रोकेर फर्काइएको छ,’ उनले भने, प्राविधिक जाँचपछि जहाज उडानमा फर्कन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?