+
+
Shares

काठमाडौं-दिल्ली रुटमा नेवानिको पुन: दैनिक २ उडान

अब काठमाडौंबाट बिहान ८ बजे एक उडान हुनेछ । दोस्रो उडान दिँउसो साढे २ बजे हुने गरी तय भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १६ गते १९:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल वायुसेवा निगमले काठमाडौं-नयाँदिल्ली रुटमा दैनिक दुई उडान पुनः सुरु गर्ने भएको छ।
  • काठमाडौंबाट बिहान ८ बजे र दिँउसो साढे २ बजे गरी दुई उडान हुने नेवानिका प्रवक्ता देवेन्द्र पुनले बताए।
  • दिल्ली रुटमा एक वर्षभन्दा लामो समयदेखि बिहानको उडान रोकिएको थियो र अहिले पुनः सुरु गरिएको छ।

१६ चैत, काठमाडौं । काठमाडौं-नयाँदिल्ली रुटमा नेपाल वायुसेवा निगम (नेवानि) ले अब पुन: दैनिक दुई उडान गर्ने भएको छ ।

नेवानिका प्राविधिक प्रवक्ता देवेन्द्र पुनका अनुसार एक वर्षभन्दा लामो समयदेखि दिल्ली रुटमा बिहानको उडान रोकिएको थियो । त्यसलाई पुन: सुरु गरिएको हो ।

अब काठमाडौंबाट बिहान ८ बजे एक उडान हुनेछ । दोस्रो उडान दिँउसो साढे २ बजे हुने गरी तय भएको छ ।

‘यो पूर्वनिर्धारित सेड्युल नै हो,’ उनले भने, ‘बीचमा रोकिएको थियो, यसलाई हामीले पुन: सुरु गरेका छौं ।’

काठमाडौं-दिल्ली नेवानिले राम्रो अकुपेन्सीमा बिजनेस पाइरहेको रुट हो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?