+
+
Shares

नेवानिको ‘वाइड बडी’ जहाज मर्मत गर्न कम्पनी छनोट गरिँदै

नेवानिका अनुसार वाइड बडीको इन्जिन नियमित मर्मतका लागि गृहकार्य भइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १९:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल वायुसेवा निगमले वाइड बडी जहाजको इन्जिनको पूर्णमर्मत गर्न अन्तर्राष्ट्रिय बोलपत्रद्वारा कम्पनी छनोट प्रक्रिया अगाडि बढाएको छ।
  • इन्जिन मर्मतका लागि सात सदस्यीय उपसमितिले बोलपत्र तयार गरी आह्वान प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको निगमले जनाएको छ।
  • निगमले सार्वजनिक खरिद ऐन, विधि र अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरी केही दिनमै सार्वजनिक सूचना जारी गर्नेछ।

६ माघ, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले ‘वाइड बडी’ जहाजको इन्जिनको पूर्णमर्मत (ओभरहल) गर्न कम्पनी छनोट प्रक्रिया अगाडि बढाएको छ ।

नेवानिका अनुसार वाइड बडीको इन्जिन नियमित मर्मतका लागि गृहकार्य भइरहेको छ । इन्जिन नियमित मर्मत गर्नुपर्ने अवधि करिब एक वर्ष बाँकी रहँदा अन्तर्राष्ट्रिय बोलपत्रद्वारा इन्जिन रिपेयर/ओभरहल गर्ने एमआरओ छनोट गर्ने सम्बन्धी बोलपत्र तयार गर्न सात सदस्यीय एक उपसमिति गठन गरिएको थियो ।

उक्त समितिले बोलपत्र तयार तथा आह्वान गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको निगमको भनाइ छ । अबको केही दिनमै उक्त कार्यको सार्वजनिक सूचना जारी हुनेसमेत निगमले जनाएको छ ।

सार्वजनिक खरिद ऐन, विधि, प्रक्रिया तथा अन्तर्राष्ट्रिय मापदण्ड समेत पूरा गरी निगमले कार्य अगाडि बढाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?