News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालय इन्टरनेसनलले मार्चमा हिमालय बक्सिङ (अन्नपूर्ण सिरिज) आयोजना गर्ने भएको छ र मिति पछि तय गरिनेछ।
- प्रतियोगितामा प्रोफेसनल पुरुषमा ६, महिलामा २ र एमेच्योर पुरुष/महिलामा समान २–२ तौलसमूहमा खेल हुनेछ।
- प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान र अमेरिकाका खेलाडी सहभागी हुनेछन् र कुल पुरस्कार करिब २० लाख रुपैयाँ छ।
७ माघ, काठमाडौं । नेपालय इन्टरनेसनलको आयोजनामा हिमालय बक्सिङ (अन्नपूर्ण सिरिज) मार्चमा गर्ने भएको छ । मिति भने पछि तय गर्ने नेपालयका अध्यक्ष सुवासचन्द्र प्रधानले जनाएका छन् ।
प्रतियोगितामा प्रोफेसनल र एमेच्योरतर्फ प्रतिस्पर्धा हुनेछ । प्रोफेसनलको पुरुषमा ६ तथा महिलामा २ स्पर्धामा भिडन्त हुनेछ । एमेच्योरको पुरुष/महिलामा समान २–२ तौलसमूहमा खेल हुनेछ । हरेक स्पर्धामा २ खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।
अध्यक्ष प्रधानका अुनसार कुल पुरस्कार राशी करिब २० लाख रुपैयाँ रहेको छ । नेपाल बक्सिङ महासंघको स्वीकृति तथा बक्समान्डुको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान र अमेरिकाका खेलाडी हुने बताइएको छ ।
खेलहरु ठमेलस्थित क्लब नोभामा खेलाइने छ । क्लब नोभा प्रतियोगिताको ‘भेन्यु पार्टनर’ का रुपमा रहेको छ । त्यसका लागि नेपालयका अध्यक्ष प्रधान र नोभाका संस्थापक निर्देशक मुखिया घलेबीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।
नेपालयले यसअघि प्रधानमन्त्री कप पुरुष क्रिकेट र यु–१४ विद्यालय खेलकुद आयोजनामा पनि सहकार्य गरेको थियो ।
प्रतिक्रिया 4