+

च्याम्पियन्स लिगमा आर्सनलको लगातार सातौं जित, सिटी बोडोसँग पराजित

२०८२ माघ  ७ गते ८:०० २०८२ माघ ७ गते ८:००
च्याम्पियन्स लिगमा आर्सनलको लगातार सातौं जित, सिटी बोडोसँग पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युरोपियन च्याम्पियन्स लिगमा आर्सनलले इन्टर मिलानलाई ३-१ ले हराउँदै लगातार सातौं जितसहित अपराजित यात्रा कायमै राखेको छ।
  • म्यान्चेस्टर सिटीले बोडो ग्लिम्पटसँग ३-१ ले पराजित भएको छ र रोड्रीले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो।
  • टोटनहमले बोरुसिया डर्टमन्डलाई २-० गोलअन्तरले पराजित गरेको छ।

७ माघ, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा प्रिमियर लिगको शीर्ष क्लब आर्सनलले लगातार सातौं जित निकाल्दै अपराजित यात्रा कायमै राखेको छ ।

गएराति भएको खेलमा आर्सनलले इटालियन क्लब इन्टर मिलानलाई ३-१ ले हराउँदै शतप्रतिशत जितको यात्रा कायमै राखेको हो ।

आर्सनलको जितमा ग्याब्रियल जेससले २ गोल गर्दा भिक्टर ग्योकेरेसले १ गोल गरे । इन्टरका पेटार सुसिकले गोल गरे ।

खेलको १०औ मिनेटमा जेससले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । १८औं मिनेटमा सुसिकले गोल गरे । जेससले ३१औं मिनेटमा फेरि गोल गर्दै पहिलो हाफमा टोलीलाई २-१ ले अगाडि राखे ।

ग्योकेरेसले ८४औं मिनेटमा गोल गर्दै आर्सनलको ३-१ को जित पक्का गरे ।

यो जितपछि आर्सनलले ७ खेलमा ७ जितसहित २१ अंक जोडेको छ । पराजित इन्टर १२ अंकसहित नवौं स्थानमा छ ।

सिटीको हार, टोटनहमको जित

गएराति नै भएको अर्को खेलमा प्रिमियर लिगकै अर्को क्लब म्यान्चेस्टर सिटीले भने हार बेहोरेको छ । सिटी बोडो ग्लिम्पटसँग ३-१ ले पराजित भएको हो ।

बोडोको जितमा क्यासपर होगले २ गोल गरे भने जेन्स हजले १ गोल गरे । सिटीका रायन चेर्कीले १ गोल गरे ।

क्यासपर होगले २२औं र २४औं मिनेटमा गोल गर्दै पहिलो हाफमा २-० ले अगाडि राखे । ५८औं मिनेटमा हजले गोल थपे । ६०औं मिनेटमा चेर्कीले गोल फर्काएपनि पर्याप्त भएन ।

६२औं मिनेटमा रोड्रीले रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा सीमित भएको थियो ।

जितपछि बोडो ग्लिम्पटले ७ खेलमा ६ अंक जोडेर २७औं स्थानमा छ । पराजित सिटी ७ खेलमा १३ अंकसहित सातौं स्थानमा छ ।

यस्तो गएरातिको अर्को खेलमा प्रिमियर लिग क्लब टोटनहमले बोरुसिया डर्टमन्डलाई २-० गोलअन्तरले पराजित गर्‍यो ।

जितपछि टोटनहम ७ खेलमा १४ अंकसहित चौथो स्थानमा छ । डर्टमन्ड ११ अंकसहित १२औं स्थानमा छ ।

आर्सनल इन्टर मिलान टोटनहम बोरुसिया डर्टमन्ड म्यान्चेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय