+

एन्फाको निर्वाचन कार्यक्रम स्थगित

२०८२ माघ  ६ गते १८:४५ २०८२ माघ ६ गते १८:४५
एन्फाको निर्वाचन कार्यक्रम स्थगित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल फुटबल संघ (एन्फा) को माघ २८ गतेका लागि तोकिएको निर्वाचन कार्यक्रम अर्को सूचना नभएसम्म स्थगित गरिएको छ।
  • उच्च अदालत पाटनले माघ ४ गते निर्वाचन प्रक्रिया यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको छ।
  • एन्फाले चार वर्षको कार्यकालमा ६ महिना बाँकी रहँदा अर्ली इलेक्सन गर्न लागेको भन्दै विरोध भइरहेको छ।

६ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन कार्यक्रम अर्को सूचना नभएसम्मको लागि स्थगित भएको छ ।

एन्फा निर्वाचन समितिको मंगलबार बसेको बैठकले तत्कालका लागि एन्फाको निर्वाचन कार्यक्रम स्थगित गरिएको जानकारी एन्फालाई गराएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

एन्फाको माघ २८ गतेका लागि तोकिएको निर्वाचन सम्बन्धि उच्च अदालत पाटनले माघ ४ गते निर्वाचन सम्बन्धि प्रक्रिया यथास्थितिमा राख्नु भनी जारी भएको अन्तरिम आदेशको म्याद सूचना माघ ६ मा निर्वाचन समितिलाई प्राप्त भएकोले माघ गते देखिका निर्वाचनका कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ ।

एन्फाको चुनावी साधारण सभा र निर्वाचन यही माघ २८ गते झापामा गर्ने तय गरिएको थियो ।

तर चार वर्षको कार्यकालमा ६ महिना कार्यकाल बाँकी रहँदा नै एन्फाले अर्ली इलेक्सन गर्न लागेको यो विधान विपरित भएको भन्दै विरोध भइरहेको छ । दुई फरक फरक रिटमा एन्फालाई निर्वाचन प्रक्रिया तत्कालका लागि रोक्न भने उच्च अदालत पाटनले निर्देशन दिएको थियो ।

यस्तै एन्फा निर्वाचनका लागि बुधबारका लागि लागि तय गरेको ‘बी’ डिभिजन क्लबको निर्वाचनलाई पनि एन्फाले स्थगित गरेको छ । एन्फाले प्राविधिक कारण देखाउँदै निर्वाचन स्थगित भएको जानकारी ‘बी’ डिभिजनका क्लबहरूलाई पठाएको छ ।

एन्फा निर्वाचन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय