+

राखेपको स्वीकृति बिना एन्फाले अगाडि बढायो निर्वाचन प्रक्रिया

२०८२ पुष  २१ गते १३:३२ २०८२ पुष २१ गते १३:३२
राखेपको स्वीकृति बिना एन्फाले अगाडि बढायो निर्वाचन प्रक्रिया

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल फुटबल संघले राष्ट्रिय खेलकुद परिषद्को स्वीकृति बिना नै माघ २८ गते हुने निर्वाचन प्रक्रिया अघि बढाएको छ।
  • राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव रामचरित्र मेहताले एन्फाको निर्वाचनलाई स्वीकृति नदिएको उल्लेख गर्नुभयो।
  • एन्फाका प्रवक्ता सुरेश शाहले राखेपले निर्वाचन नगर्ने भनेको नभएको र प्रक्रिया अघि बढाएको बताउनुभयो।

२१ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वीकृति बिना नै अग्रिम निर्वाचन प्रक्रिया अघि बढाएको छ ।

एन्फाले सोमबार एक सूचना जारी गरेर माघ २८ गते हुने अर्डिनरी कंग्रेस (साधारण सभा) तथा एन्फा कार्यसमिति निर्वाचन (२०८२-२०८६) को ४ वर्षे कार्यकालको लागि सम्बन्धित सबै सदस्य संस्था तथा सरोकारवालालाई जानकारी गराएको छ ।

एन्फाले सूचनामा माघ ३ गते भित्रै उम्मेदवारी दर्ता फारम भरी संघको निर्वाचन समिति तथा एन्फा सचिवालयमा बुझाउन जानकारी गराएको छ ।

उम्मेदवार बन्न चाहनेले आज (पुष २१ गते) देखि मनोनयन फारम एन्फा सचिवालयमार्फत प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ ।

यद्यपी यस निर्वाचनका लागि राखेपबाट स्वीकृति भने प्राप्त भएको छैन । ‘एन्फाको निर्वाचनलाई स्वीकृति दिएका छैनौं’ राखेपका सदस्य सचिव रामचरित्र मेहताले भनेका छन् ।

एन्फाका प्रवक्ता सुरेश शाहले भने राखेपले निर्वाचन नगर्ने भनेर पनि नभनेको तर्क गरे । ‘स्वीकृतिबारे सचिवालयमा बुझ्नुपर्छ, तर राखेपले नगर्ने भनेर पनि भनेको छैन । प्रक्रिया अगाडि बढाएका छौं’ प्रवक्ता शाहले भने ।

एन्फाले हालको कार्यकाल नसकिँदै अग्रिम निर्वाचन गर्ने निर्णय गरेपछि त्यसको विरोध भइरहेको छ । महासचिव किरण राईले विधानसम्मत् ढंगले नै निर्वाचनको निर्णय भएको दाबी गर्दै आएका छन् ।

पुस १६ गते बसेको एन्फा कार्यसमिति बैठकले बहुमतको निर्णय भन्दै माघ २८ गते झापामा साधारण सभा र निर्वाचन गर्ने निर्णय गरेको हो ।

एन्फा निर्वाचन राखेप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय