+

एन्फा निर्वाचन रोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

२०८२ माघ  ४ गते १७:०९ २०८२ माघ ४ गते १७:०९
एन्फा निर्वाचन रोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघको निर्वाचन प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको छ।
  • अदालतले २०७९ असार ६ गतेको निर्वाचनबाट निर्वाचित कार्यसमितिको चार वर्षे कार्यकाल बाँकी रहेको उल्लेख गरेको छ।
  • निर्णय नआएसम्म एन्फा निर्वाचनसम्बन्धी कुनै पनि काम कारबाही अघि बढाउन नपाइने आदेश अदालतले दिएको छ।

४ माघ, काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको छ । एन्फा उपाध्यक्ष विराट जंग शाहीसहितका निवेदकले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको एकल इजलासले यस्तो आदेश जारी गरेको हो ।

अदालतले निवेदक २०७९ असार ६ गते सम्पन्न निर्वाचनबाट निर्वाचित कार्यसमितिका सदस्य भएको र चार वर्षे कार्यकाल अझै बाँकी रहेको प्रारम्भिक रूपमा देखिएको उल्लेख गरेको छ । यस्तो अवस्थामा एन्फा कार्यसमितिको २०८२ पुस १६ गतेको बैठकबाट गरिएको निर्वाचन सम्बन्धी निर्णय तथा निर्वाचन सूचना अनुसार अगाडि बढाइएको सम्पूर्ण प्रक्रिया अन्तिम फैसला नआएसम्म यथास्थितिमा राख्न आदेश दिएको हो ।

यससँगै अदालतले विपक्षी युवा तथा खेलकुद मन्त्रालयसहित सम्बन्धित निकायलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि आदेश दिएको छ ।

मुद्दाको अन्तिम टुंगो नलागेसम्म एन्फा निर्वाचनसम्बन्धी कुनै पनि काम कारबाही अघि बढाउन नपाइने अदालतले स्पष्ट गरेको छ ।

यसअघि गत पुस २८ गते अदालतले एन्फा निर्वाचनसम्बन्धी गतिविधि रोक्न आदेश दिएपनि एन्फाले धमाधम निर्वाचन प्रक्रिया अगाडि बढाउँदै मनोनयन दर्ताको कार्यक्रम समेत सम्पन्न गराइसकेको छ ।

एन्फा निर्वाचन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय