News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा जारी राष्ट्रिय लिग फुटबल अन्तर्गत संकटा क्लबले काँक्रेविहार युथ क्लबलाई ४-० गोलअन्तरले पराजित गरेको छ।
- संकटाका अनिष महर्जन, कृष्णबहादुर आले, विशाल तामाङ र गिल्बर्ट बिल्गोले एक-एक गोल गरे।
- आज दिउँसो च्यासल स्टेडियममा फ्रेन्ड्स क्लब र एपीएफ तथा एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ।
४ माघ, काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय लिग फुटबल अन्तर्गत आइतबार भएको पहिलो खेलमा संकटा क्लबले काँक्रेविहार युथ क्लबलाई ४-० गोलअन्तरले पराजित गरेको छ ।
संकटाको जितमा अनिष महर्जन, कृष्णबहादुर आले, विशाल तामाङ र गिल्बर्ट बिल्गोले एक-एक गोल गरे । संकटाले दुवै हाफमा दुई-दुई गोल गरेको थियो ।
१४औं मिनेटमा अनिषले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा कृष्ण आलेले गोल गर्दै अग्रता दोब्बर पारे ।
५५औं मिनेटमा विशाल तथा ७४औं मिनेटमा गिल्बर्टले गोल गरेपछि संकटा ४-० को सहज जित निकाल्न सफल भयो ।
लिगअन्तर्गत आजै दिउँसो ३ बजे च्यासल स्टेडियममा फ्रेन्ड्स क्लब र एपीएफ तथा एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया 4