+

वडा अध्यक्ष तेक्वान्दो प्रतियोगितामा ढल्को टिम च्याम्पियन

२०८२ माघ  ३ गते २१:२८ २०८२ माघ ३ गते २१:२८
वडा अध्यक्ष तेक्वान्दो प्रतियोगितामा ढल्को टिम च्याम्पियन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको जयबागेश्‍वरीमा भएको वडा अध्यक्ष तेक्वान्दो प्रतियोगितामा ढल्को तेक्वान्दो डोजाङ टिम च्याम्पियन बनेको छ।
  • प्रतियोगितामा १३ स्पर्धामा २ सय १० खेलाडीले भाग लिए र शीर्ष तीनले नगद पुरस्कार पाए।
  • विजेतालाई नेपाली कांग्रेस क्षेत्र नं. ४ का अध्यक्ष श्यामकृष्ण संगत र वडा अध्यक्ष आशामान संगतले पुरस्कृत गरे।

३ माघ, काठमाडौं । काठमाडौंको जयबागेश्‍वरीमा भएको वडा अध्यक्ष तेक्वान्दो प्रतियोगितामा ढल्को तेक्वान्दो डोजाङ टिम च्याम्पियन बने छ । ३ स्वर्ण, २ रजत र २ कांस्यसहित ढल्को टिम च्याम्पियन बनेको हो ।

काठमाडौं महानगरपालिका वडा नं. ८ को सहयोग तथा श्री पिङ्ला तेक्वान्दो डोजाङको आयोजनामा भएको प्रतियोगितामा ३ स्वर्णसाथ लायन मार्सल आर्ट दोस्रो भयो । तेस्रो स्थानको दीलिप स्मृति तेक्वान्दो डोजाङले १ स्वर्ण, ३ रजत र ३ कांस्य जित्यो ।

विजेतालाई नेपाली कांग्रेस क्षेत्र नं. ४ का अध्यक्ष श्यामकृष्ण संगत, वडा ८ का अध्यक्ष आशामान संगत, वडा सदस्य सरस्वती राजभण्डारी र शेखर देउलालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

त्यसअघि एकदिने प्रतियोगिताको काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले उद्घाटन गरेकी थिइन् ।

जयबागेश्वरीस्थित गोल्डेन दरबार बैंक्युटमा भएको प्रतियोगितामा विभिन्न १३ स्पर्धामा २ सय १० खेलाडी प्रतिस्पर्धा गरेका थिए ।

हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ४ हजार, ३ हजार र २ हजार नगद पुरस्कार प्राप्त गरे ।

वडा अध्यक्ष तेक्वान्दो प्रतियोगिता

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय