News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालको समृद्धि स्कुल र एन्जल्स हार्ट नेसनल स्कुलको टोली जनवरी १९ देखि २४ तारिखसम्म गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागी हुन अस्ट्रेलिया प्रस्थान गरेको छ।
- समृद्धि स्कुलले यु–१५ र एन्जल्स हार्ट नेसनल स्कुलले यु–१६ उमेरसमूहमा सहभागिता जनाउने छन्।
- एन्जल्स हार्ट तेस्रोपटक सहभागी हुन लागेको हो भने समृद्धिको यो पहिलो सहभागिता हो।
३ माघ, काठमाडौं । नेपालको समृद्धि स्कुल र एन्जल्स हार्ट नेसनल स्कुलको टोलीले गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगिता खेल्ने भएको छ । जनवरी १९ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुन नेपाली टोली शनिबार अस्ट्रेलियाको गोल्ड कोस्ट प्रस्थान गरेको छ ।
समृद्धिले यु–१५ तथा एन्जल्स हार्टले यु–१६ उमेरसमूहमा सहभागिता जनाउने छन् । एन्जल्स हार्ट तेस्रोपटक सहभागी हुन लागेको हो भने समृद्धिको पहिलो सहभागिता हो ।
समृद्धिका खेलाडीमा आरभ प्रजापति, सम्यकसिद्धि तुलाधर, परिवेश आचार्य, रमन आचार्य, प्रदेश तामाङ, मिङमार आकाश गुरुङ र समन महर्जन रहेका छन् । एन्जल्स हार्टका खेलाडीमा सम्पूर्ण थापा, अन्जल ढकाल, दिपेश जुग्जाली पुन, रितिक रिजाल र सौगात थापा क्षेत्री छन् ।
अफिसियलमा दिलबहादुर बुढाथोकी, विकास शाही र सुमन तिमल्सिना तथा व्यवस्थापकमा दिनेश महर्जन रहेका छन् । अफिसियल विकास भने अस्ट्रेलिया पुगिसकेका छन् ।
प्रतिक्रिया 4