+

थाइल्यान्डसँग हारपछि इन्दुले भनिन् : ३०-४० रन कम भयो

२०८२ माघ  ४ गते १३:५१ २०८२ माघ ४ गते १३:५१
थाइल्यान्डसँग हारपछि इन्दुले भनिन् : ३०-४० रन कम भयो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भयो।
  • नेपाली कप्तान इन्दु बर्माले मिडल अर्डर ब्याटिङ कमजोर भएर कम योगफल बनेको बताइन्।
  • नेपालले दोस्रो खेल बिहीबार नेदरल्यान्ड्ससँग खेल्नेछ।

४ माघ, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा‌ थाइल्यान्डसँग पराजित भएपछि नेपाली महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्माले मिडल अर्डर ब्याटिङ फितलो हुँदा कम योगफल बनेको प्रतिक्रिया दिएकी छन् ।

‘सुरुवात राम्रो भएको थियो, मिडल अर्डरमा अलि राम्रो हुन सकेन । अझै रेस्पोन्सिबल भएर खेलेकोभए १५० सम्म बन्न सक्थ्यो होला, ३०-४० रन कम भयो’ खेलपछि कुरा गर्दै कप्तान इन्दुले भनिन् ।

नेपाली टोलीले पावरप्लेको समाप्तिमा एक विकेटको क्षतिमा ५२ रन बनाएको थियो भने १० ओभरको समाप्तिमा ७०-१ को अवस्थामा थियो । नेपालले बाँकी १० ओभरमा कम्तीमा पनि स्कोर डबल गर्ने अपेक्षा गरिएकोमा त्यसो हुन सकेन ।

‘विकेट फ्ल्याट नै थियो, मिडल अर्डरमा म अनि पूजा र रुबिनाबाट त्यति योगदान हुन सकेन’ इन्दुले भनिन्, ‘अलिकति आफ्नो भूमिका सबैले राम्रोसँग निभाउन सके सुधार हुँदै जानेछ।’

नेपाली टोली बलिङ र फिल्डिङमा पनि फितलो देखिएको थियो । ‘फिल्डिङ पहिलेभन्दा सुधार त भएको हो, अरु खेलमा अझै सुधार गर्नुपर्ने हुन्छ । योजना अनुसार काम गरिरहेका छौं, केही समय लाग्छ । म सन्तुष्ट नै छु कप्तानका रूपमा भन्नु पर्दा’ इन्दुले थपिन् ।

थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले जित निकाल्नु नै सबैभन्दा उत्कृष्ट पक्ष रहेको बताइन् । ‘बलरहरूले कमब्याक गरे । नेपाली टोली पहिलेभन्दा केही राम्रो भएको देखियो’ कप्तान चाइवाइले भनिन्, ‘हामी अब गेम बाइ गेम राम्रो गर्दै जानेछौं।’

नेपालले अब दोस्रो खेलमा बिहीबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

इन्दु बर्मा नेपाली महिला क्रिकेट टोली महिला टी-२० विश्वकप ग्लोबल छनोट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय