News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्राइड प्रालिको आयोजनामा हुने टी–२० कोशी प्राइड लिगको तेस्रो संस्करणको अक्सन सम्पन्न भएको छ।
- प्रतियोगितामा सात फ्रेन्चाइज टिमले समान १२–१२ खेलाडी अक्सनबाट र तीनदेखि छ खेलाडी ड्राफ्टबाट अनुबन्ध गरेका छन्।
- प्रतियोगिता फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा आयोजना हुनेछ र नेपाल क्रिकेट संघले स्वीकृति दिएको छ।
४ माघ, काठमाडौं । कोशी प्राइड प्रालिको आयोजनामा हुने टी–२० कोशी प्राइड लिग (केपीएल) को तेस्रो संस्करणका लागि अक्सन सम्पन्न भएको छ ।
प्रतियोगितामा सहभागी सातवटै फ्रेन्चाइज टिमले अक्सनमार्फत समान १२–१२ खेलाडी अनुबन्ध गरेका छन् भने ड्राफ्ट प्रणालीबाट प्रत्येक टिमले तीनदेखि छ खेलाडीसम्म भित्र्याएका छन् ।
प्रतियोगिता फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा आयोजना हुनेछ ।
शनिबार सम्पन्न अक्सनमा कुल २३२ खेलाडी सहभागी थिए । तीमध्ये क्याटगोरी ‘ए’ मा ३४, क्याटगोरी ‘बी’ मा ९५ र क्याटगोरी ‘सी’ मा १०३ खेलाडी समावेश थिए । सहभागी खेलाडीमध्ये ८४ खेलाडी अक्सनमार्फत बिक्री भएका छन् ।
आयोजक संस्था कोशी प्राइड प्रालिका निर्देशक अफजल हुसैनका अनुसार क्याटगोरी ‘ए’ का खेलाडीको न्यूनतम मूल्य ४५ हजारदेखि ६५ हजार रुपैयाँसम्म, क्याटगोरी ‘बी’ का लागि २५ हजारदेखि ४५ हजार रुपैयाँसम्म र क्याटगोरी ‘सी’ का खेलाडीको मूल्य ५ हजारदेखि २५ हजार रुपैयाँसम्म तोकिएको थियो ।
प्रतियोगितालाई नेपाल क्रिकेट संघ (क्यान) ले स्वीकृति प्रदान गरेको छ भने कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग गर्नेछ ।
टिमअनुसार खेलाडी विवरण
एभरेष्ट थन्डर्स (मालिक: आकाश खड्का)
ड्राफ्टबाट: करण केसी, सोमपाल कामी, युवराज खत्री, रञ्जित कुमार
अक्सनबाट: नारायण जोशी, आकाश त्रिपाठी, दीपेन्द्र रावत, रोशन विश्वकर्मा, पुजन विक, सलाहुद्धिन खान, सहिल पटेल, प्रज्वल थापा, लोकेश जोशी, भोला कुमार शाह, सिभम तिवारी, रविन्द्र मण्डल
नमुना ब्लास्टर्स (मालिक: धर्म न्यौपाने)
ड्राफ्टबाट: नन्दन यादव, गौरव कट्वाल, प्रकाश कार्की
अक्सनबाट: अमित श्रेष्ठ, विपिन रावल, किरणकुमार ठगुन्ना, दयानन्द मण्डल, विपिन आचार्य, सन्दीप ढुंगाना, प्रतिक श्रेष्ठ, अभिशेष गौतम, राजु विश्वकर्मा, प्रभात राई, सचिन लेखक, नितेश कुमार यादव
इटहरी आदर्श जायन्ट्स (मालिक: कल्पित ढकाल)
ड्राफ्टबाट: कुशल मल्ल, भुपाल लुइटेल, बिनोद भण्डारी, दिपेश कँडेल, रुपेश सिंह
अक्सनबाट: अर्जुन कुमाल, अमरसिंह रौटेला, युनिस विक्रम सिंह ठकुरी, सुनिल धमला, नरबहादुर सार्की, समिर कार्की, आशुतोष घिरैया, श्रवण यादव, आकाश सरार्फ, विकल्प आचार्य, रितेश रोय, समिर तिमल्सिना
विर्तामोड हिट्स (मालिक: अनुराग प्रमानिक)
ड्राफ्टबाट: गुल्शन झा, शेर मल्ल, दिनेश अधिकारी, भिम सार्की, अर्जुन साउद
अक्सनबाट: सन्तोष यादव, दीपक डुम्रे, विकास आग्री, रविन्द्र जंगशाही, विवेक केसी, बिशाल सुस्लिङ, सार्थक धिताल, अशोक धामी, राजेन्द्र बम, आयुष न्यौपाने, रुपक बराल, रोशन साउद
पुर्वेली सुपर किंग्स (मालिक: संजोक राणा)
ड्राफ्टबाट: ललित राजवंशी, मोहम्मद आदिल आलम, अर्जुन घर्ती, तृतराज दास, दिवन पुन, भरत कार्की
अक्सनबाट: नरेन साउद, रिजन ढकाल, मयन यादव, आदिल खान, बिशाल पटेल, इमरान शेख, चिराग शाह, दिपक पास्वन, सोनु शर्मा, अभिषेक कार्की, मोहम्मद समिर, अभिषेक शर्मा
बिएन कोशी अर्नास (मालिक: मोहम्मद सेराज अन्सारी)
ड्राफ्टबाट: फिर्दाेस अन्सारी, सुजन थपलिया, सन्तोष कार्की, भुवन कार्की
अक्सनबाट: शंकर राना, विपिन खत्री, हिमांशु दत्त, दिपेश श्रेष्ठ, शाकिव हक, सुमित श्रेष्ठ, कमल गुप्ता, लोकेन्द्र बहादुर चन्द, जोसक खड्का, कमललुद्धिन मियान, शिभान यादव, अफन ताहिर
गोर्खा एभेन्जर्स
ड्राफ्टबाट: शाहव आलम, बसिर अहमद, पवन सरार्फ, रसिद खान, देव खनाल
अक्सनबाट: दिपक बोहरा, आकाश चन्द, शुभ कंसकार, दुर्गेश गुप्ता, अयजकुमार चौहान, उत्तम रंगु थापामगर, सन्दीप बहादुर रजाली, तुलबहादुर थापा, विक्रम खड्का, सन्दीप मौर्या, राजु भुसाल, रौनक श्रीवास्तव
प्रतिक्रिया 4