News Summary
Generated by OK AI. Editorially reviewed.- थाइल्याण्डमा भइरहेको साफ फुटसल च्याम्पियनसिपमा नेपालले भारतसँग ३-३ को बराबरी खेल्दै दुई खेलबाट ४ अंक जोडेको छ।
- नेपालले पहिलो हाफमा विक्रान्त नरसिंह रानाले पाँचौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए।
- कप्तान विजय श्रेष्ठले अन्तिम समयमा गोल गर्दै नेपाललाई हारबाट बचाएका छन् र नेपालले अझै चार खेल खेल्न बाँकी छ।
४ माघ, काठमाडौं । थाइल्याण्डमा भइरहेको साफ फुटसल च्याम्पियनसिपमा नेपालले दुई पटक अग्रता जोगाउन नसक्दा भारतसँग ३-३ को बराबरी खेल्दै अंक बाँडेको छ ।
पहिलो खेलमा श्रीलंकालाई हराएको नेपालको यो पहिलो बराबरी हो । दुई खेलबाट ४ अंकसहित नेपाल दोस्रो स्थानमा छ ।
नोन्थाबुरी स्टेडियमको फुटसल एरेनामा आइतबार भएको खेलमा विक्रान्त नरसिंह रानाले खेलको पाँचौ मिनेटमै गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।
त्यसको अर्को मिनेटमै लालट्लुएन्जेलाले भारतका बलागि बराबरी गोल फर्काए । दोस्रो हाफमा नेपालले पेरि अग्रता लियो । अमित लामाले २५औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।
तर अन्तिम मसयमा नेपाल सम्हालिन नसक्दा भारतले दु२ गोल फर्काएको थियो । भारतका अनमोल अधिकारीले ३९औं र निखिल राजेन्द्र मालीले ४०औं मिनेटमा गोल गरेपछि भारत ३-२ ले अघि थियो ।
कप्तान विजय श्रेष्ठले अन्तिम समयमा गोल गर्दै नेपाललाई हारबाट बचाए ।
नेपालले अझै चार खेल्न बाँकी छ । नेपालले तेस्रो खेल मंगलबार पाकिस्तानसँग खेल्नेछ । माल्दिभ्स दुवै खेल जित्दै ६ अंक जोडेर शीर्ष स्थानमा छ ।
तस्वीरहरू : साफ


प्रतिक्रिया 4