+

साफ यू-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

२०८२ माघ  ६ गते १९:१४ २०८२ माघ ६ गते १९:१४
साफ यू-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल फुटबल संघले साफ यू-१९ महिला च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली टोली घोषणा गरेको छ।
  • टोली मुख्य प्रशिक्षक सुमन श्रेष्ठले ३५ खेलाडीबाट अन्तिम टोली छनोट गरेका हुन्।
  • साफ यू-१९ महिला च्याम्पियनसिप फेब्रुअरी ७ सम्म पोखरा रंगशालामा भारत, बंगलादेश, भुटान र नेपालबीच हुनेछ।

६ माघ, काठमाडौं । पोखरामा हुने साफ यू-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार च्याम्पियनसिप खेल्ने २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।

बन्द प्रशिक्षणमा रहेका ३५ खेलाडीबाट मुख्य प्रशिक्षक सुमन श्रेष्ठले अन्तिम टोली छनोट गरेका हुन् ।

यही जनवरी ३१ देखि फेब्रुअरी ७ सम्म पोखरा रंगशालमा हुने साफ यू-१९ महिला च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश र भुटान गरी चार राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले आफ्नो पहिलो खेल जनवरी ३१ मै भारतसँग खेल्ने तालिका छन् ।

नेपाली टोलीमा अलिजा विक, अनिता रानामगर, आशिका कार्की, वर्षा कुवँर, वर्षा ओली, भूमिका बुढाथोकी, ज्ञान्सु डोल्मो लो, झर्ना डुम्राकोटी, जुना तामाङ, कृतिशा तामाङ, माया मास्के र मीनमाया श्रेष्ठ रहेका छन् ।

यस्तै, निर्मला आचार्य, प्रजिता राई, पूर्णिमा ताडी, सारा लिम्बू, सबनम राई, सलोनीकुमारी चौधरी, संगीतकुमारी मल्ल, सेनु पारियार, सृजना बडुवाल, सुशिला केसी र यमकुमारी विक पनि टोलीमा छन् ।

 

कभर फोटो : फाइल फोटो

साफ यू-१९ महिला च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय