News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल वायुसेवा निगमले २८ फेब्रुअरीयता रोकिएको काठमाडौं-दुबई उडान ९ मार्चदेखि पुनः सुरु गर्ने भएको छ।
- २८ फेब्रुअरीदेखि ९ मार्चसम्म टिकट लिएका यात्रुले बुधबार टिकट प्रमाणीकरण गराएर यात्रा गर्न सक्ने नेवानिले जनाएको छ।
- प्रमाणीकरण गरिएका यात्रुलाई मात्र विमानस्थल जान अनुमति दिइने र सिट उपलब्धता अनुसार प्राथमिकता दिइने नेवानिको सूचना छ।
२६ फागुन, काठमाडौं । खाडी मुलुकमा चर्किएको द्वन्द्वपछि प्रभावित हवाई उडान क्रमश: सुरु हुने क्रममा छ ।
यसैबीच नेपाल वायुसेवा निगम (नेवानि) ले बुधबार काठमाडौं-दुबई रुटमा उडान गर्ने भएको छ । नेवानिले २८ फेब्रुअरीयता उडान गर्न सकेको थिएन ।
कम्पनीका अनुसार २८ फेब्रुअरीदेखि ९ मार्चसम्म टिकट लिई यात्रा गर्न असमर्थ यात्रुले बुधबार यात्रा गर्न इच्छुक भए टिकट पुन: प्रमाणीकरण गराइ यात्रा गर्न सक्ने छन् ।
त्यसपछि नेवानिको सूचना समेत आधार मानेर यात्रा गर्न सकिने छ । प्रमाणीकरण गरिएका यात्रुलाई मात्र विमानस्थल जान नेवानिले भनेको छ ।
नेवानिको इमेल ठेगानामा टिकट पठाइ प्रमाणीकरण गर्न सकिने सुविधा दिइएको छ । सिट उपलब्धता अनुसार पहिलेदेखि रोकिएका यात्रुलाई पहिलो प्राथमिकता दिई पहिलो टिकट दिने गरी सेवा उपलब्ध गराइने भएको छ ।

प्रतिक्रिया 4