News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा साहसिक पर्यटन गन्तव्यका रूपमा पहिचान भए पनि ३१ देखि ४५ वर्ष उमेर समूहका पर्यटक बढी आएका छन्।
- नेपालमा सिधा हवाई उडान १५ देशका २८ गन्तव्यमा मात्र उपलब्ध छ, जसले युवा र जेनजी पर्यटकलाई आकर्षित गर्न समस्या भएको छ।
- पर्यटनले नेपालको जीडीपीमा न्यून योगदान दिएको छ र विदेशी पर्यटकभन्दा नेपाली पर्यटकले विदेशमा बढी खर्च गर्ने तथ्यांक छ।
२७ पुस, काठमाडौं । पर्यटकीय विशेषता अनुसार नेपालको पहिचान साहसिक पर्यटन गन्तव्यका रूपमा स्थापित छ ।
पर्वतारोहण, पदयात्रा, प्याराग्लाइडिङ, बन्जीजम्प, र्याफ्टिङ, जंगल सफारीजस्ता पर्यटकीय गतिविधिमा व्यवसायीले पर्याप्त लगानी समेत गरेका छन् ।
नेपाल पर्यटन बोर्ड, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र विदेशस्थित नेपाली कूटनीतिक नियोगले समेत नेपाल प्रवर्द्धनका सिलसिलामा यी विशेषतालाई प्राथमिकता दिन्छन् । यस्तो गतिविधिमा सामेल हुन मन पराउने पर्यटकको उमेर समूह स्वाभाविक रूपमा किशोर (जेनजी) हो ।
तर, पर्यटक आगमन प्रवृत्ति केलाउँदा नेपालमा बिदा मनाउन आउने लक्जरी पर्यटकको आकर्षणमा देखिन्छ । संख्यामा ठूलो, पर्याप्त समय बिताउन सक्ने र समूहमा आउन सक्ने किशोरावस्था र जेनजी सेग्मेन्टमा नेपाल ठूलो सम्भावना हुँदाहुँदै पछाडि छ ।
सन् २०२५ मा नेपालले ११ लाख ५८ हजार ४ सय ५९ पर्यटकलाई स्वागत गर्यो । यो तथ्यांकको बहुआयामिक विश्लेषण बाँकी छ ।
तर, २०२४ सम्मको तथ्यांक विश्लेषण गर्दा नेपाल भ्रमणमा आउने पर्यटकमध्ये ठूलो संख्या ३१ देखि ४५ वर्ष उमेर समूहको छ । यो प्रवृत्ति अहिलेमात्र देखिएको भने होइन ।
पर्यटन मन्त्रालयको ३० वर्ष अघिदेखिकै तथ्यांकले सोही प्रवृत्ति हरेक वर्ष दोहोरिएको देखाउँछ । १९९५ मा १६ देखि ३० वर्ष उमेर समूहका पर्यटक २९.३ प्रतिशत आउँदा ३१–४५ वर्ष उमेर समूहका पर्यटक आगमन ३३.१ प्रतिशत बराबर थियो ।
पछिल्लो १४ वर्षयता कुन उमेर समूहका कति पर्यटक आए ?
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीका अनुसार आफ्नो भौगोलिक विशेषताका कारण नेपाल युवा र जेनजी पुस्ताबीच सबैभन्दा लोकप्रिय गन्तव्य हुनुपर्ने थियो । तर, अहिले पाका उमेरका पर्यटक बढी संख्यामा नेपाल आएका छन् । यसो हुनुमा नेपालबाट धेरै मुलुकमा सिधा हवाई उडान नहुनु र अधिकांश मुलुकबाट ट्रान्जिट हुँदै नेपाल आउँदा नेपाल महँगो गन्तव्यका रूपमा पर्नु मुख्य कारण रहेको उनी बताउँछन् ।
‘जेनजी र युवा पुस्तासँग बजेट कम हुन्छ, तर घुमफिर गर्ने चाह, समय र वातावरण बढी हुन्छ, त्यसकारण उनीहरू जहाँ सजिलै कम बजेटमा पुगिन्छ, त्यहाँ जाने गर्छन्,’ उनले भने ।
अध्यागमन विभागको तथ्यांक अनुसार नेपालमा १ सय ८० भन्दा धेरै देशबाट विदेशी नागरिक विभिन्न प्रयोजनका लागि नेपाल आउँछन् । तर, नेपालका तीन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा उडान भने १५ देशका २८ गन्तव्यमा मात्र हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणको पछिल्लो तथ्यांकले देखाएको छ ।
अझ नेपालमा पर्यटक आगमन दृष्टिले सबैभन्दा भरपर्दो स्रोत बजारका रूपमा रहेका अमेरिका र युरोपमा सिधा उडान सुविधा छैन । यसले ट्रान्जिट हुँदै नेपाल आउनुपर्दा एकातर्फ धेरै समय लाग्ने र अर्कातर्फ महँगो पर्ने हुँदा युवा उमेरका पर्यटक सहजै नेपाल आउने वातावरण नबनेको सीईओ जोशी बताउँछन् ।
हेर्नुहोस् नेपालबाट सिधा उडान सुविधा भएका २८ सहर
तर, नेपाल आउने पर्यटक संख्या हेर्ने हो भने संसारभरिबाट थोरै धेरै पर्यटक आइरहेकै हुन्छन् । सिधा हवाई उडान नभएका कारण उनीहरूले ट्रान्जिट गर्नुपर्ने हुन्छ । त्यसक्रममा यात्रा महँगो र धेरै समय बित्ने हुँदा सम्भावनाबीच युवा पर्यटक आउने वातावरण नबनेको बोर्ड सीईओ जोशी बताउँछन् ।
उनका अनुसार विकसित देशमा युवा उमेरमा नागरिकले धेरै कर तिर्नुपर्ने हुन्छ । उमेर बढ्दै जाँदा करको भार कम हुन्छ भने आर्थिक अवस्था पनि बलियो हुन्छ । सोहीकारण अधबैँसे मानिसमा घुमफिरका लागि महँगो गन्तव्य समेत प्राथमिकतामा पर्छ । नेपालले युवा उमेरका पर्यटक आकर्षित गर्ने हो भने हवाई यात्रा सहज बनाउनुपर्ने उनको सुझाव छ ।
२०२५ मा कुन देशबाट कति पर्यटक भित्रिए ?
‘साहसिक गन्तव्य’ मुलुक भए पनि पर्यटक उद्देश्य अर्कै
जेनजी र युवा पर्यटक आगमन नहुँदा मुलुक साहसिक गन्तव्यका रूपमा चिनिए पनि नेपाल भित्रने पर्यटकको उद्देश्य भने अर्र्कै देखिने गरेको छ ।
अर्थात् पर्वतारोहण, पदयात्रा भन्दा धार्मिक, बिदा मनाउने उद्देश्यले आउने पर्यटक बाहुल्य छ । यसो हुनुमा नेपालको प्रमुख स्रोत बजार चीन र भारतबाट समेत युवा पर्यटक आकर्षित गर्न नसक्नु मुख्य कारण हो ।
यी गन्तव्यबाट आउने अधिकांश पर्यटक परिवार सहित घुमफिरमा आउँछन् र नेपालको लक्जरी क्षेत्रमा रात बिताएर फर्कन्छन् । सोहीकारण नेपालको पर्यटन पोखरा, चितवन, काठमाडौंको गोल्डेन ट्र्यांगलमा सीमित छ ।
पछिल्लो १० वर्षयता कुन प्रयोजनमा कति पर्यटक आए ?
किन महँगो छ नेपाल गन्तव्य ?
सामान्य अवस्थामा १० हजार रुपैयाँभन्दा कममा झर्ने काठमाडौं–नयाँदिल्ली रुटको भाडा व्यस्त समयमा ५० हजारसम्म पुग्छ । नेपाल नागरिक उड्डयन प्रािधकरणका अनुसार अन्तर्राष्ट्रिय उडानका वायुसेवाको भाडादर माग र आपूर्तिका आधारमा कम्पनी आफैंले तय गर्छन् ।
सोहीकारण पिक आवरमा भाडा अत्यधिक बढ्छ । पर्यटक आगमन कम भए पनि नेपालमा हवाई यात्रु संख्या भने ठूलो छ । यसो हुनुमा नेपालीको आवतजावत समेत अत्यधिक बढ्नु हो ।
वैदेशिक रोजगारीमा जाने नेपाली, घुमफिरमा निस्कने नेपाली र वैदेशिक अध्ययनमा जाने नेपालीको संख्या एकसाथ बढ्दा हवाई टिकटको माग नेपालमा उच्च छ । तर, त्यस अनुपातमा राष्ट्रिय ध्वजाबवाहक नेपाल वायुसेवा निगमसँग जहाज र सिट छैनन् ।
सोहीकारण विदेशी वायुसेवाले मनपरी भाडा लिन्छन् । यसको मारमा नेपाली यात्रु र विदेशी पर्यटक पर्छन् । अर्कातर्फ, नेपालमा हवाई इन्धनको मूल्य अन्य देशको तुलनामा महँगो छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र अत्यधिक उडान चापका कारण जहाज होल्डमा बस्नुपर्छ । त्यसले पनि हवाई भाडा बढाउन भूमिका खेलिरहेको छ ।
हेर्नुहोस् काठमाडौं विमानस्थलको पछिल्लो ५ वर्षको यात्रु संख्या
मास टुरिज्म न क्वालिटी टुरिज्म
ट्राभल व्यवसायी यम खड्काका अनुसार संसारमा पर्यटनका दुई प्रवृत्ति हुन्छन् । एक मास टुरिज्म (थाइल्यान्ड, मकाउ लगायत) । दोस्रो क्वालिटी टुरिज्म (भुटान लगायत) ।
नेपाल दुवै सेग्मेन्टमा असफल देखिएको छ । यसो हुनुमा नेपालले आफ्नो विशेषता अनुसार लक्षित वर्गमा व्यापक प्रचार गर्न नसक्नु र उनीहरूलाई लक्षित गरी पर्यटन प्याकेज ल्याउन नसक्नु मुख्य कारण रहेको उनको भनाइ छ ।
साहसिक गन्तव्यले स्वाभाविक युवालक्षित प्रवर्द्धन र प्याकेज संसारभरि चलाउनुपर्ने थियो,’ उनी भन्छन्, त्यसो नहुँदा पर्यटकले आफ्नो अनुकूलमा यात्रा तय गरिरहेका छन् ।’
सोहीकारण नेपालको पर्यटनले अर्थतन्त्र र ग्रामीण भेगमा ठूलो सकारात्मक प्रभाव ल्याउन नसकेको उनको भनाइ छ । नेपालमा अहिलेसम्म दुई दर्जन पाँचतारे होटल खुलेका छन्, जुन अधिकांश काठमाडौं, भैरहवा र नेपालगञ्ज जस्ता ठूला सहरमा केन्द्रित छन् ।
यसले लक्जरी सेवामा अधिक लगानी भए पनि त्यो ग्रामीण भेगसम्म विस्तार हुन नसकेको उनको भनाइ छ । ‘पाको उमेरका मानिस परिवार सहित आउँछन्, क्यासिनो, होटलमा रमाउँछन्, साइटसिन गर्छन्, फर्कन्छन्, हाम्रो लगानी त्यता बढी केन्द्रित भएको देखिन्छ,’ उनी भन्छन् ।
ठूलो लगानीका पाँततारे होटलको भिड काठमाडौंमा
त्यसकारण जीडीपीमा पर्यटन योगदान न्यून
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो समय नेपालबाट विदेश जाने नेपाली पर्यटकले गर्ने खर्च नेपाल आउने पर्यटकको भन्दा बढी छ । अर्थात्, नेपालको पर्यटन बजार घाटामा छ ।
जसले गर्दा लामो समयदेखि नेपालले पर्यटन आयसमेत उल्लेख्य बढाउन सकेको छैन । यसको असर नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा पर्यटनको योगदान न्यून हुनुबाट पनि पुष्टि हुन्छ ।
२०८१/८२ मा नेपालको आतिथ्य उद्योगले जीडीपीमा गरेको योगदान
यस्तो छ नेपालको पर्यटन प्रडक्ट क्षमता
नेपालमा सरकारी तवरबाट भन्दा निजी स्तरबाट पर्यटनमा पर्याप्त गतिविधि भने भएका छन् । फलस्वरूप देशभरि जेनजी र युवा पर्यटक सुहाउने विभिन्न प्रडक्ट विस्तार भने भइरहेका छन् । अहिले नेपालको पर्यटकीय क्षमता यस प्रकार छ ।
प्रतिक्रिया 4