+
+
Shares

ट्रम्पले सामाजिक सञ्जालबाट घोषणा गरे आफैंलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते १०:१४

२८ पुस, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् ।

ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा एउटा फोटो पोस्ट गर्दै आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका हुन् ।

उनले सेयर गरेको तस्बिरमा ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ लेखिएको छ।

अमेरिकाले जनवरी ३ मा भेनेजुएला विरुद्ध कारबाही गर्दै देशका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई ‘नियन्त्रण’मा लिएर अमेरिका पुर्‍याएको थियो ।

अहिले मादुरो विरुद्ध हतियार र लागुऔषध तस्करीको आरोपमा अमेरिकामा मुद्दा चलाइँदै छ। अहिले भेनेजुएलाको उपराष्ट्रपति रहेकी डेल्सी रोड्रिग्वेजलाई कार्यवाहक राष्ट्रपति बनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?