२८ पुस, धनगढी । कैलालीबाट लागुऔषध खैरो हेरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका–३ त्रिनगर व्यारेल नजिकबाट लागुऔषधसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ निवासी २८ वर्षीय हरिश विष्टलाई पक्राउ गरेको हो ।
आइतबार साँझ शंकास्पद अवस्थामा चेकजाँच गर्दा उनको साथबाट २७ ग्राम ७६० मिलिग्राम खैरो हेरोइन, २२८ ट्याबलेट स्पास र २० ट्याबलेट नाइट्राभ्याट फेला पारेको जनाएको छ ।
विष्टलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4