१९ मंसिर, धनगढी । कैलालीको गौरीगंगा नगरपालिकाको बडैपुरबाट लागूऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् ।
गौरीगंगा नगरपालिका–८ बडैपुर बजारमा लागूऔषध कारोवार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले १९ ग्राम ७६० मिलिग्राम खैरो हेरोइनसहित २९ वर्षीय मनोज बस्नेतलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीकाअनुसार बस्नेतलाई बुधबार राति ८ बजे खैरो हेरोइन सेवन गरिरहेका अवस्थामा फेला पारेर नियन्त्रणमा लिइएको थियोे ।
त्यसपछि उनको घर तथा कोठा तलासी गर्ने क्रममा लुकाइछिपाई राखेको अवस्थामा १९ ग्राम ७६० मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ । यस्तै, प्रहरीले उनको घर तलासीका क्रममा पाँच हजार ८९५ नगद, एउटा तराजु र बस्नेतले प्रयोग गर्दै आएको भे ४ प २३७५ नम्बरको स्कुटी समेत बरामद गरेको छ ।
पक्राउ परेका बस्नेतलाई आवश्यक कारबाही र थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीले हिरासतमा राखेको छ ।
प्रतिक्रिया 4