+
+
Shares

कैलाली र कञ्चनपुरबाट खैरो हेरोइनसहित ९ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ३ गते ९:०७

३ मंसिर, धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले एकैदिन ९ जनालाई खैरो हेरोइनसहित पक्राउ गरेको छ ।

बरामद लागूऔषधको मात्रा उल्लेख्य रहेको र पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको सम्बन्धित इकाइका प्रहरी अधिकृतहरुले जनाएका छन् ।

कैलालीमा मात्रै ३ जनालाई पक्राउ परेका छन् । गोदावरी नगरपालिका–५ गेटास्थित बिस्कुट फ्याक्ट्री अगाडि शंकास्पद रूपमा देखिएका २७ वर्षीय अनिल चौधरीलाई एक ग्राम १२० मिलिग्राम खैरो हेरोइन पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस्तै, घोडाघोडी नगरपालिका–६ को झलझलिया जंगलबाट २ जना पक्राउ परेका छन् । लागूऔषध कारोबार तथा सेवन भइरहेको भन्ने सूचनाका आधारमा ३० वर्षीय भिमबहादुर दमाई र २६ वर्षीय तपेन्द्र बहादुर थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट तीन ग्राम १३० मिलीग्राम र घरमा लुकाएको अवस्थामा थप पाँच ग्राम २५० मिलिग्राम गरेर ८.३९० ग्राम खैरे हेराइन बरामद गरिएको प्रहरीको भनाइ छ ।

यस्तै, कञ्चनपुरमा चार छुट्टाछुट्टै स्थानबाट ६ जना पक्राउ परेका छन् । बेलौरी नगरपालिका–१० को सडकघाटबाट ४.५४० ग्राम खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन् ।

सडकघाट क्षेत्रमा भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेको सुदूरपश्चिम प्रदेश ०१२ प ३६०० नम्बरको मोटरसाइकलमा सवार व्यक्तिहरुलाई प्रहरी टोलीले चेकजाँच गर्दा २६ वर्षीय रामजनम चौधरी र कैलालीको गोदावरी नगरपालिका–८ का २८ वर्षीय उमेश चौधरीलाई पक्राउ गरिएको हो ।

बेलौरी नगरपालिका–६ को खैराना क्षेत्रबाट एक महिला पनि पक्राउ परेकी छन् । भारतबाट नेपालतर्फ आउँदै गरेकी ३१ वर्षीया सावित्री चौधरीलाई ४ ग्राम ५२० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय बेलौरीले पक्राउ गरेको हो ।

भिमदत्त नगरपालिका–११ गड्डाचौकी चेकपोस्टबाट नेपाल प्रवेश गर्दै गरेका बेदकोट–९ का २१ वर्षीय अरबिन्द रोकाया, भिमदत्त–३ का २० वर्षीय सुमित साउँद र भिमदत्त–१० का २१ वर्षीय साजन कठायतलाई पनि प्रहरीले खैरो हेरोइनसहित पक्राउ गरेको छ । तीनै जनाको साथबाट २०० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?