+
+
Shares

कुखुराको मासुमा एन्टिबायोटिकको प्रयोग नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकताबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते १८:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कुखुराको मासुमा एन्टिबायोटिकको अत्यधिक प्रयोग नियन्त्रण र अण्डामा लेबलिङ प्रणाली लागू गर्न उपभोक्ता हित संरक्षण मञ्च नेपालले कार्यक्रम आयोजना गरेको छ।

२७ पुस, काठमाडौं । कुखुराको मासुमा एन्टिबायोटिकको अत्यधिक तथा हानिकारक प्रयोग नियन्त्रण गर्न तथा अण्डामा लेबलिङ प्रणाली लागू गर्नुपर्ने विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, एनिमल नेपाल र ओपन विङ्ग अलायन्सको संयुक्त आयोजनामा शुक्रबार कार्यक्रम भएको हो ।

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले एन्टिबायोटिकको संयमित तथा समुचित प्रयोग अत्यावश्यक रहेको बताए । यसका लागि पशु सेवा विभाग सचेत रूपमा लागिरहेको जानकारी दिए । साथै, उनले नेपालमा हालसम्म अण्डामा लेबलिङको व्यवस्था नभएको अवस्थामा अब यसको सुरुवात गर्ने प्रतिबद्धता व्यक्त गरे।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष तथा अधिवक्ता ज्योति बानियाले नेपालमा अण्डामा लेबलिङको काम नै नभएको बताए । यसो हुँदा उपभोक्ताले कस्तो अण्डा, कहाँबाट उत्पादित अण्डा खाइरहेका छन् भन्ने थाहा नै नपाउने अवस्था रहेको गुनासो पोखो । यसले उपभोक्ताको अधिकार हनन हुने र गुणस्तरबारे जानकारी अभाव हुने उनले बताए ।

एनिमल नेपालकी लाइभस्टक विभाग प्रमुख सुलक्षणा राणाले कुखुराको मासुमा एन्टिबायोटिकको प्रयोग भइरहेको व्यापक चर्चा हुने गरेको बताइन् । यसको मात्रा कति छ र यसले मानव स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने विषयमा विस्तृत अध्ययन आवश्यक रहेको बताइन् । एनिमल नेपालले उपभोक्ता हित संरक्षण मञ्च नेपालसँग सहकार्य गर्दै यस दिशामा काम गरिरहेको उनले जानकारी दिइन् ।

नेपालमा कुखुराको मासु तथा अण्डा उत्पादनमा एन्टिबायोटिकको जथाभावी प्रयोगले एन्टिमाइक्रोबियल रेसिस्टेन्सको जोखिम बढेको विभिन्न अध्ययनहरूले देखाएका छन् । यसले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले नियमन र सचेतना दुवै आवश्यक छ । कार्यक्रममा सरोकारवालाहरूले यस्ता विषयमा सरकारी निकाय, उत्पादक र उपभोक्ता सबैको सक्रिय सहभागिता जरुरी रहेको जोड दिए ।

यो कार्यक्रमले उपभोक्ता स्वास्थ्य संरक्षण र पशुजन्य उत्पादनको गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । पशु सेवा विभागले अण्डा लेबलिङ र एन्टिबायोटिक प्रयोग नियन्त्रणका लागि चाँडै नीतिगत तथा व्यावहारिक कदम चाल्ने संकेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?